aarthiknews.com बुधबार, १४ माघ २०७७   Wednesday, 27 January, 2021
 
tater Group
Bajaj_Bike

पूर्वयुवराज पारस शाह अस्वस्थ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १० मंसिर २०७७
पूर्वयुवराज पारस शाह अस्वस्थ
फाइल तस्विर
Jagadamba
LBEF

चितवन । पूर्वयुवराज पारस शाहको छातीमा समस्या आएपछि अस्वस्थ हुनुभएको छ । नारायणगढस्थित एक होटलमा मङ्गलबार साँझ आएर बसेका शाहलाई आज साँझबाट छातीमा समस्या देखिएको हो ।
 
शाह बिरामी भएपछि चितवन मेडिकल कलेजका मुटुरोग विशेषज्ञ डा श्यामराज रेग्मीसहितको चिकित्सक टोलीले परीक्षण शुरु गरेको छ । रेग्मीका अनुसार, उनलाई होटलमै इसिजी गरिँदै छ । यसैगरी रगत परीक्षण गर्न लागिएको उनले जानकारी दिए । रेग्मीले भने, “उनको स्वास्थ्य परीक्षण गरेर इसिजीलगायत परीक्षणका लागि हामी अस्पताल आएका छौँ । 

उनको अवस्थाका बारेमा केही बेरपछि भन्न सकिन्छ ।” इसिजी र रगत परीक्षणको नतिजा आएपछि छातीको समस्याबारे यकिन हुने उनले जानकारी दिए । रेग्मीका अनुसार शाहमा मुटुसम्बन्धी पुरानै समस्या रहेको थियो । सोही समस्या बल्झिएको अनुमान चिकित्सकले गरेका छन् ।रासस

प्रतिक्रिया दिनुहोस