aarthiknews.com विहीबार, ०८ माघ २०७७   Thursday, 21 January, 2021
 
tater Group
Bajaj_Bike

एफएनसीसीआई चुनावः के भन्छन् वस्तुगत तर्फका उम्मेदवार ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १० मंसिर २०७७
एफएनसीसीआई चुनावः के भन्छन् वस्तुगत तर्फका उम्मेदवार ?
Jagadamba
LBEF

काठमाडौं । निजी क्षेत्रका उद्यमी व्यवसायीहरुको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को चुनावी रौनक छाएको छ । यहि मंसिर ११, १२ र १३ गते हुने चुनावमा उम्मेदवार देखि मतदातासम्ममा समेत चुनावी रौनक छाएको छ । चुनावी नतिजा आफ्नो पक्षमा पार्न यतिवेला आ आफ्ना प्यानलसहित उम्मेरदवारहरु चुनावी मैदानमा उत्रिएका छन् । महासंघको विधानले  गरेको व्यवस्था अनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष बन्ने प्रावधान छ र सोही अनुरुप हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा अध्यक्ष बन्दैछन् ।  

के भन्छन् वस्तुगत तर्फका उम्मेरदवार  ? 

विप्लप मान सिंह, कम्प्युटर एसोसिएसन क्यान महासंघ  


उद्योग वाणिज्य महासंघ राम्रो र स्वच्छ हुनु नितान्त आवश्यक रहेको छ । एउटा मार्गचित्र बनाएर नै कसरी गाइट गरेर लान सकिन्छ भन्ने हो । सधै सरकारको पछि लागेर भन्दा पनि हामीले नै सरकारलाई अगाडि लगाउन सक्ने वातावरण बनाउनु पर्छ । कोरोना भाइरसका कारण अहिले देशको अर्थतन्त्र डामाडोल भएको स्थिती छ । यो समय अर्थतन्त्रलाइ कसरी अगाडि बढाउने भन्ने हो । 
 
गोबिन्द डंगोल, नेपाल कुरियर एसोसिएसन 


उद्योग बाणिज्य महासंघ हामी व्यवसायीहरुको छाता संगठन हो । सामाजिक काम गर्ने भावनाले गर्दा नै मैले मेरो उम्मेरदवारी महासंघमा दिएको हो । शेखर गोल्छा, किशोर प्रधानको टिम निक्कै राम्र्र्रो र युवा जुझारु भएकोले यस टिमले जित्नेमा ढुक्क छु । सधै एउटै पदमा एउटै मान्छेलाई भन्दा पनि व्यवसायीको भावना र समस्यालाई बुझ्ने भएकाले  हामीले जित्ने कुनै दुईमत नै छैन । 

रविन पुरी, नेपाल दाना उद्योग संघ


म कृषि क्षेत्रमा आवद्ध भएकोले कृषहरुकको समस्याहरुको हल गर्न सक्छौं भनेर यस टिमलाइ रोजेको छु । कुनै पनि देशको आर्थिक उन्नतिको लागि कृषि नै प्रमुख पाटो हो । कृषि व्यावसायी क्षेत्रको समस्याहरुको उजागडको निम्ति मेरो उम्मेदवारी अपसरहार्य रहेको छ । यस अघिका घोषणपत्रहरु सबै नै कपिराइट सरह थिए । त्यसबेला काम भन्दा कुरा नै धेरै भए । यस्तो गतिविधि अन्त्य गर्न सक्छौ भन्नेमा हामी विश्वस्त छौ । 

दिपक प्रसाद दहाल, नेपाल औषधि उत्पादक संघ



महासंघमा हामिले सोचेको जस्तो काम भएको छैन । जसको निम्ति म लगायत मेरो टिमको आवश्यक छ । यसका लागि पनि हामिले उम्मेदवारी दिएका छौं । चुनाव जित्नेमा ढुक्क पनि छौं । 

सुनिल गोपाल श्रेष्ठ, नेपाल स्टेशनरी एसोसिएसन 


शेखर गोल्छाको टिमलाई साथ र सहयोग गर्न मेरो उम्मेदवारी हो । यो टिमले साच्चिकै काम गर्छ भन्नेमा म ढुक्क छु । यो देशलाई आर्थिक समृद्धिको बाटोमा ल्याउनु पर्छ भन्ने हिसाबले हामी अगाडि बढेका छौं । हामीले छुट्टै एक किसिमको मिसन लिएर अगाडि बढेका छौं । यसपालिकोे चुनावमा हाम्रो टिमले जित्नेमा पनि हामि ढृक्क छौं । 


 


 

प्रतिक्रिया दिनुहोस