aarthiknews.com सोमबार, २९ असार २०७७   Monday, 13 July, 2020
 
Citizen life

प्रतिफल उच्च रहेको भन्दै चन्द्र ढकालले गरे वैदेशिक लगानीका निम्ति आग्रह

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ३० जेठ २०७६
Sunrise
HIb
प्रतिफल उच्च रहेको भन्दै चन्द्र ढकालले गरे वैदेशिक लगानीका निम्ति आग्रह
LBEF

काठमाडौं । अन्तर्राष्ट्रिय श्रम सम्मेलनको १०८औं अधिवेशनलाई नेपालकोे रोजगारदाताको तर्फबाट  नेपाल उद्योग वाणिजय महासंघको रोजगारदाता परिषद्का सभापति एवम् उपाध्यक्ष चन्द्रप्रसाद ढकालले स्वीट्जरल्यान्डको जेनेभामा सम्बोधन गरेका छन् ।
अन्तर्राष्ट्रिय श्रम संगठन स्थापनाको सय वर्ष पुगेको अवसरमा श्रम सम्मेलनलाई सम्बोधन ढकालले अन्तर्राष्ट्रिय श्रम संगठनले श्रम क्षेत्रको विकासका लागि निरन्तर काम गर्दै आएकोमा बधाई दिए ।

प्रविधिको विकास, जलवायु परिवर्तन तथा भुमण्डलीकरणले आर्थिक रूपान्तरण तथा श्रम बजारमा भइरहेको परिवर्तनबाट आउने चुनौतिको सामना गर्न मानव संसाधनको विकासमा जोड दिनुपर्ने विषयमा ग्लोवल कमिसनद्वारा प्रस्तुत कामको भविष्य सम्बन्धी प्रतिवेदनले जोड दिएको उल्लेख गर्दै बढ्दो असमानता घटाउन र सामाजिक न्यायको प्रवद्र्धनको लागि सबै पक्ष एकजूट भएर काम गर्नुपर्ने धारण व्यक्त गरे ।


नेपालको निजी क्षेत्रले संवाद र सहकार्यको माध्यमबाट दीगो र समावेशी आर्थिक विकासको प्रवद्र्धन गरी बढीभन्दा बढी सम्मानजनक रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने धारणा व्यक्त गर्दै सामाजिक संवादको माध्यमबाट श्रम कानूनको सुधार र योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्न सफल भएको उदाहरण ढकालले दिए ।

कानुन र नीतिगत सुधारबाट नेपालमा लगानीको वातावरण बनेको उल्लेख गर्दै पर्यटन, पूर्वाधार विकास, कृषि र उत्पादनशील क्षेत्रमा लगानीका लागि व्यवसायीलाई आग्रह गर्दै नेपाल, भारत र चीन प्रतिफलका दृष्टिले अत्यन्तै ठूलो सम्भावना भएका क्षेत्र भएको उपाध्यक्ष ढकालले उल्लेख गरे ।सम्मेलन असार ६ गतेसम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहोस