aarthiknews.com विहीबार, १८ असार २०७७   Thursday, 02 July, 2020
 
Citizen life

नेप्सेमा २ अंकले घटेसँगै, कारोबार पनि घट्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ३० जेठ २०७६
Sunrise
HIb
नेप्सेमा २ अंकले घटेसँगै, कारोबार पनि घट्यो
LBEF

साताको अन्तिम कारोबार बिहिबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) २ दशमलव ९२ अंकले घटेर १ हजार २ सय ६९ दशमलव ५५ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । 

यसदिन १ सय ७० कम्पनीको १४ लाख २३ हजार ६८७ कित्ता शेयर खरिदबिक्री भई ४५ करोड ६५ लाख ६ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । 

त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक शुन्य दशमलव ५४ अंकले घटेर २ सय ७१ दशलमव ८१ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

यस दिन सबैभन्दा बढी कारोबार सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडको भएको छ । जसको कारोबार ३ करोड ८ हजार रुपैयाँ बराबरको भएको छ । 

यस दिन सर्वा्िधक कमाउनेमा अरुण खोला जलविद्युत कम्पनीको भएको छ । जसको शेयर मूल्यमा ५ दशमलव २६ प्रतिशतले बढेको छ । 

साथै सर्वा्िधक गुमाउनेमा प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ४ दशमलव ६७ प्रतिशतले घटेको छ । 

यस दिन ११ वटा उपपरिसुचकहरुमा एउट समूह मात्र बढेको छ भने १० वटा समूह घटेका छन् । 
 

प्रतिक्रिया दिनुहोस