aarthiknews.com आइतबार, २१ असार २०७७   Sunday, 05 July, 2020
 
Citizen life

पिएनबीले कसरी उठाउला २५०९०.३ करोड डुबेको ऋण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ३० जेठ २०७६
Sunrise
HIb
पिएनबीले कसरी उठाउला २५०९०.३ करोड डुबेको ऋण
LBEF

एजन्सी । एभरेष्ट बैंकको भारतीय लगानीकर्ता पञ्जाब नेशनल बैंक(पीएनबी)को २५०९०.३ करोड भारु खराब कर्जा देखिएको छ । पञ्जाव नेशनल बैंकको भारतभरीमा करिब ११४४ साना ठूला ऋणीले बैंकलाई ठगेका छन् । बैंकले २३८७९.८ करोड रुपैयाँ भारुका लागि ११४२ देखि ११०८ खराब ऋणीका विरुद्धमा मुद्दा चलाएको छ ।

ऋण नतिर्नेमा भारतका हिरा व्यापारी निरब मोदी र मेहुल चौकसीसम्म रहेका छन् । मोदी र चौकसीले मात्र बैंकलाई २०१८सम्ममा १४००० करोड भारु ठग्न सफल भएका छन् ।  

त्यस्तै अर्का मदिरा व्यापारी विजय माल्याको किंफिसर एयरलाइन्सले ५९७.४ करोड भारु तिर्न बाँकी रहेको छ । बैंकको ऋण  नतिर्ने ३४ जनालाई मुद्दा चलाइएको छैन जोबाट १२१०.५ करोड भारु उठाउन बाँकी रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस