aarthiknews.com बुधबार, २४ असार २०७७   Wednesday, 08 July, 2020
 
Citizen life

पित्तथैलीको अप्रेसन गर्दा आन्द्रा छेडिएको विरामीको मृत्यु भएपछि ओम अस्पतालमा बबाल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ३० जेठ २०७६
Sunrise
HIb
पित्तथैलीको अप्रेसन गर्दा आन्द्रा छेडिएको विरामीको मृत्यु भएपछि ओम अस्पतालमा बबाल
फाइल तस्वीर
LBEF

काठमाडौं ।  पित्तथैलीको अप्रेसन गर्दा आन्द्रा छेडिएपछि ओम अस्पतालमा आज विहान एक महिलाको मृत्यु भएको छ । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपाालिका–१० की रामप्यारी थापाको गत श्क्रबार डा. रविन कोइरालाको नेतृत्वमा पित्तथैलीको अपरेशन भएको थियो ।

ड्रिल गरेर अपरेशन गर्दा सानो आन्द्रा पनि छेडिएको र त्यो नटाल्दा शरीरभर संक्रमण फैलिएर बिरामीको मृत्यु भएको बताइएको छ । शनिबारदेखि नै रामप्यारीको स्वास्थ्य अवस्था जटिल बनेपछि डाक्टरले आईसीयुमा राखेर चेकजाँच गर्दा आइतबार आन्द्रा छेडिएको पत्ता लागेको थियो ।

आन्द्रा छेडिएपछि पुनः अप्रेसन गरिएको भए पनि डाक्टरको लापबाहीका कारण विरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पतालमा नाराबाजी गरेका छन् । खाना बनाएर आफन्तलाई खाना खुवाएर रामप्यारी अस्पताल पुगेको पारिवारीक स्रोतले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस