aarthiknews.com शनिबार, २० मंसिर २०७७   Saturday, 05 December, 2020
 

चोरी गरेको अभियोगमा ४ जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०७ मंसिर २०७७
चोरी गरेको अभियोगमा ४ जना पक्राउ
LBEF
Nabil Bank

सिन्धुपाल्चोक । धनमाल चोरी गरेको अभियोगमा चौतारा साँगागढी नगरपालिका(१२ बाट धादिङ थाक्रे गाउँपालिका(३ बस्ने ३२ वर्षीय चैञ्चल तामाङ लगायत ४ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

जनजागृत माध्यमिक विद्ययालयको खुल्ला चौरमा राखिएको लिफ्टीङ खानेपानी आयोगको करिब १२ लाख मूल्य बराबरको पितलको ज्यारबल १० बाकस चोरी गरेको अभियोगमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।चोरीमा संलग्न अन्य ४ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
 

प्रतिक्रिया दिनुहोस