aarthiknews.com शनिबार, २० मंसिर २०७७   Saturday, 05 December, 2020
 

२४ जना जुवाडे पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०७ मंसिर २०७७
२४ जना जुवाडे पक्राउ
LBEF
Nabil Bank

काठमाडौं । तनहुँ, ब्यास नगरपालिका-१३ बेलबासस्थित बलराम रानाको घरमा तास खेलिरहेका राना समेत ८ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनीहरुलाई २ सय ७० पत्ती तास र नगद २६  हजार २ सय ७५ रुपैयाँ सहित पक्राउ गरेको हो ।

मोरङ, रतुवामाई नगरपालिका-८ सिक्किमे टोल बस्ने ३५ वर्षीय सागर गडतौलाको घरमा जुवातास खेलिरहेका गडतौला समेत १६ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले नगद १ लाख ६९ हजार ६ सय ९५ रुपैयाँ, १ बुक तास, १६ थान कौडा, १७ थान मोबाइल र  उनीहरु सवार सवारी साधन समेत बरामद गरी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
 

प्रतिक्रिया दिनुहोस