aarthiknews.com शुक्रबार, २६ असार २०७७   Friday, 10 July, 2020
 
Citizen life

नेपाल र फ्रान्सबीच आर्थिक व्यावसायिक सम्बन्ध विस्तार गर्न महासंघ र मेडेफबीच सम्झौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ३० जेठ २०७६
Sunrise
HIb
नेपाल र फ्रान्सबीच आर्थिक व्यावसायिक सम्बन्ध विस्तार गर्न महासंघ र मेडेफबीच सम्झौता
LBEF

 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेपाल उद्योग वाणिज्य महासंघ र मेडेफ इन्टरनेसनलबीच पेरिसमा सहमतिपत्रमा हस्ताक्षर भएको छ । नेपाल तथा फ्रान्सबीच आर्थिक व्यावसायिक सम्बन्ध विस्तार, लगानी तथा प्रविधि आकर्षणका क्षेत्रमा सहयोग एवं सहकार्य गर्ने उद्देश्यले महासंघ र मेडेफबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो । 

प्रधानमन्त्रीको फ्रान्स भ्रमणका अवसरमा गए राति भएको सहमतिमा महासंघका अध्यक्ष भवानी राणा र मेडेफ इन्टरनेसनलका अध्यक्ष फ्रेडरिक सान्जेजले हस्ताक्षर गरेका छन् ।

आपसी सहमतिपत्रमा, एक अर्का देशमा व्यावसायिक प्रतिनिधिमण्डलको आदान प्रदान, आर्थिक तथा व्यापारिक क्षेत्रबाट परियोजना अध्ययन समूहको भ्रमण, दुवै संस्थाको सहयोगमा सम्बन्धित विषयमा गोष्ठी, छलफल, सेमिनार लगायतका कार्यक्रम आयोजना गर्ने, प्राविधिक क्षेत्रमा सम्मेलन आयोजना गर्ने, आर्थिक तथा व्यावसायिक क्षेत्रबीच नियमित सम्पर्कमा रहेर सूचना तथा जानकारीको आदान प्रदान गर्ने, एकअर्का देशले अवलम्वन गरेका नीति नियमहरू आदान प्रदान गर्ने, आपसी लाभका क्षेत्रमा सहकार्य गर्ने, आर्थिक व्यापारिक क्षेत्रमा सहयोगका अवसरहरू जुटाउने, व्यापारिक सम्बन्ध विस्तार, लगानी तथा प्रविधि आकर्षणमा सहकार्य गर्ने उल्लेख छ । 
 

प्रतिक्रिया दिनुहोस