aarthiknews.com मंगलबार, १६ मंसिर २०७७   Tuesday, 01 December, 2020
 
BOK

१६७४ जना नयाँ कोरोना संक्रमित थपिए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०६ मंसिर २०७७
१६७४ जना नयाँ कोरोना संक्रमित थपिए
LBEF
Nabil Bank

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १६७४ कोरोना संक्रमण पुष्टि भएका छन् । आज शनिबारसम्ममा १ लाख ९३ हजार ३२५ जना कोरोनाभाइरसस संक्रमणमुक्त भएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर मात्र २४ हजार ९ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो समय सक्रिय संक्रमितको संख्या घट्दै गएको हो । मन्त्रालयको तथ्यांकअनुसार संक्रमणमुक्त हुने दर ८८.४ प्रतिशत रहेको छ । 

बितेको २४ घण्टामा देशभर ६६१ पुरुष र १०१३ महिलासहित १६७४ जनामा संक्रमण पुष्टि भएको छ भने निको हुनेको संख्या २३२३ रहेको छ । यस्तै पछिल्लो २४ घण्टमा थप ७ जनाको मृत्यु भएसँगै मृतकको संख्या १३०५ पुगेको छ।  यस्तै पछिल्लो २४ घण्टामा ८ हजार १४४ जनाको पीसीआर परीक्षण भएसँगै कुल परीक्षण १६ लाख ५२ हजार ४३ पुगेको छ।  
 

प्रतिक्रिया दिनुहोस