aarthiknews.com मंगलबार, १६ मंसिर २०७७   Tuesday, 01 December, 2020
 
BOK

हास्य कलाकार भारतीको घरमा छापा, लागु पदार्थ बरामद

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०६ मंसिर २०७७
हास्य कलाकार भारतीको घरमा छापा, लागु पदार्थ बरामद
LBEF
Nabil Bank

एजेन्सी । भारतको नार्कोटिक कन्ट्रोल ब्युरो (एनसीबी)ले शनिबार मुम्बईका विभिन्न स्थानमा छापा मारेको छ। यसैक्रममा हास्य कलाकार भारती र उनको पति हर्षको घरमा छापा मारिएको छ। भारतीय संचारमाध्यमले जनाए अनुसार भारतीको फ्ल्याटबाट गाँजा लगायतका लागु पदार्थ बरामद गरिएको छ। एनसीबीले अभिनेत्री र उनका पतिलाई पनि बयानका लागि बोलाएको छ।

यसभन्दा अघि एनसीबीले अर्जुन रामपालको घरमा छापा मारेको थियो। यस समयमा ल्यापटप, मोबाइल फोन र ट्याबलेट जस्ता इलेक्ट्रोनिक उपकरणहरू बरामद गरिएको छ। अर्जुनको चालक पक्राऊ परेका छन्। यस बाहेक, बलिउड निर्माता फिरोज नाडियाडवालाकी पत्नीलाई पनि एनसीबीले उनको निवासवाट पक्राउ गरेको थियो।

अभिनेता सुशांत सिंह राजपूत बांद्रामा उनको निवासमा मृत भेटिएपछी भारतका कलाकारहरु माथि प्रहरी निगरानी बढेको छ।  एनसीबीले लागूपदार्थको पनि अनुसन्धान गर्न थाल्यो र एक पछि अर्को धेरै बलिउड स्टारहरू एनसीबीको पासोमा फसे। रिया चक्रवर्तीलाई पक्राउ गरिएको थियो। यसपछि दीपिका पादुकोण, सारा अली खान र रकुल प्रीत जस्ता अभिनेत्रीहरूको नाम पनि आयो र एनसीबीले उनीहरूलाई सोधपुछ गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस