aarthiknews.com मंगलबार, १६ मंसिर २०७७   Tuesday, 01 December, 2020
 
BOK

चीनको चिलिन, क्वीचो, यूनानका लागि नयाँ नेतृत्व छनोट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०५ मंसिर २०७७
चीनको चिलिन, क्वीचो, यूनानका लागि नयाँ नेतृत्व छनोट
LBEF
Nabil Bank

एजेन्सी । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) ले चिलिन, हुनान, क्वीचो र यूनानको राजनीतिक नेतृत्वलाई परिवर्तन गरेको पार्टीले शुक्रबार सार्वजनिक गरेको एक निर्णयमा बताइएको छ । सीपीसीले चिलिनमा बायनकोलुको स्थानमा चिङ चुन्हाईलाई ल्याएको छ भने बायानकोलुलाई चिलिनको प्रान्तिय समिति र स्थायी समितिबाट समेत हटाएको छ ।     

त्यसैगरी सु डाझेले यस पहिले हुनान प्रान्तीय समितिका सचिवसमेत रहेका डु चिआहोको स्थानमा नेतृत्वको जिम्मेवारी पाएका छन् । डु पनि हुनानको प्रान्तीय समितिको सदस्य नरहने गरी सीपीसीको निर्णय आएको छ ।    

शेन यिछिनले क्वीचोको प्रान्तीय समितिको सचिवबाट हटाएर सुन शिकाङ्लाई नेतृत्वमा छनोट गरिएको छ । उनलाई पनि प्रान्तको समिति तथा स्थायी समिति सदस्य नरहनेगरी नयाँ जिम्मेवारी तोकिएको छ ।      

सीपीसी चेन हाओले सम्हाल्दै आएको यूनान पार्टी प्रमुखको जिम्मेवारी रुवान चङ्फाले पाएका छन् भने चेनलाई प्रान्तीय प्रमुख तथा स्थायी समिति सदस्यबाट हटाइएको छ । 

प्रतिक्रिया दिनुहोस