aarthiknews.com बुधबार, १७ मंसिर २०७७   Wednesday, 02 December, 2020
 

सानिमा बैंक र बैंक अफ काठमाडौंलाई ऋणपत्र विक्री गर्न बोर्डको अनुमति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०५ मंसिर २०७७
सानिमा बैंक र बैंक अफ काठमाडौंलाई ऋणपत्र विक्री गर्न बोर्डको अनुमति
LBEF
Nabil Bank

काठमाडौं । सानिमा बैंक लिमिटेड र बैंक अफ काठमाडौं लिमिटेडले ऋणपत्र विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएका छन् । बैंक अफ काठमाडौंले १६ लाख कित्ता र सानिमा बैंकले ४० लाख कित्ता ऋणपत्र विक्री गर्न अनुमति पाएका हो । 

१० वर्षे अवधिको वार्षिक ८ दशमलव ५ प्रतिशत व्याजदरको प्रति ऋणपत्र  १ हजार दरको उक्त ऋणपत्र विक्री गर्न बैंक अफ काठमाडौंले कात्तिक २४ गते र सानिमा बैंकले कात्तिक २७ गते स्वीकृति पाएको हो ।

बैंक अफ काठमाडौंले कुल १६ लाख कित्तामध्य ६ लाख ४० हजार कित्ता सार्वजनिक निष्कासन मार्फत सर्वसाधारणमा जारी गर्नेछ भने ९ लाख ६० हजार कित्ता परिपत्र विधिबाट विभिन्न संघ संस्थाहरुलाई विक्री गर्नेछ । बैंक अफ काठमाण्डूको ऋणपत्र विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको छ । 

त्यस्तै सानिमा बैंकले ४० लाख कित्तामध्य १६ लाख कित्ता सार्वजनिक निष्कासन मार्फत सर्वसाधारणलाई विक्री गर्नेछ भने २४ लाख कित्ता परिपत्र विधिबाट विभिन्न बैंक तथा वित्तीय संस्थाहरुलाई विक्री गर्नेछ । सानिमाको ऋणपत्र विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस