aarthiknews.com आइतबार, २१ असार २०७७   Sunday, 05 July, 2020
 
Citizen life

गुराँस लाइफको ३ लाख २२ हजार कित्ता शेयर लिलामीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ३० जेठ २०७६
Sunrise
HIb
गुराँस लाइफको ३ लाख २२ हजार कित्ता शेयर लिलामीमा
LBEF

गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अवितरित संस्थापक र साधारण गरि कूल तीन लाख २२ हजार ५७६ कित्ता शेयर लिलामी बिक्रीमा आउने भएको छ ।

जसले असार ५ देखि १२ गतेसम्म लिलामी बिक्रीमा आउने भएको छ । चुक्ता पूँजी बढाउन ५० प्रतिशत हकप्रद शेयरमा संस्थापकहरुले नै आवेदन नगर्दा ठूलो कित्ता शेयर लिलामीमा आउने भएको छ ।

कम्पनीले गत चैत २८ देखि जारी गरेको २ बराबर १ कित्ता अनुपातको हकप्रदमा २ लाख ४० हजार ५७१ कित्ता संस्थापक शेयर र सर्वसाधारण तर्फ ८२ हजार ५ कित्ता अवितरित भएको छ ।

इच्छुक लगानीकर्ताले उक्त लिलामीमा लक्ष्मी क्यापिटल मार्केट नयाँ बानेश्वर तथा लक्ष्मी बैंकको तोकिएको शाखा मार्फत आवेदन गर्न सक्नेछन् ।

न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि प्रतिकित्ता सय रुपैयाँ सोभन्दाबढी मूल्यमा शिलबन्दी बोलपत्र पेश गर्न सकिन्छ । 
 

प्रतिक्रिया दिनुहोस