aarthiknews.com बुधबार, १७ मंसिर २०७७   Wednesday, 02 December, 2020
 

राष्ट्रिय बीमा संस्थानको जीवन बीमा कोषको आकार २५ प्रतिशतले बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०५ मंसिर २०७७
राष्ट्रिय बीमा संस्थानको जीवन बीमा कोषको आकार २५ प्रतिशतले बढ्यो
LBEF
Nabil Bank

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।पहिलो त्रैमासको अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन ३ प्रतिशतले बढेर ४ करोड २१ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले ४ अर्ब ९ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

समिक्षा अवधिमा संस्थानको नाफा ४१ प्रतिशतले घटेर १ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक बर्षको सोहि अवधिमा संस्थानले १ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

 संस्थानको जीवन बीमा कोषको आकार २५ प्रतिशतले बढेर ३० अर्ब ४९ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा संस्थानको जीवन बीमा कोषमा २४ अर्ब ३९ करोड रुपैयाँ रहेको छ । कम्पनीको हालको चुक्ता पुँजी १८ करोड १० लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा २९ करोड ६१ लाख रुपैयाँ संचित रहेको छ ।

यस अवधिमा कम्पनीले ६८ करोड ३१ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस