aarthiknews.com सोमबार, ०५ माघ २०७७   Monday, 18 January, 2021
 
tater Group

अर्को लघुवित्तको आईपीओ आउँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०५ मंसिर २०७७
अर्को लघुवित्तको आईपीओ आउँदै
Jagadamba
LBEF

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।  आईपीओ निष्सकासनको अनुमति माग्दै महिला लघुवित्त वित्तीय नेपाल धितोपत्र बोर्ड पुगेको छ । कम्पनीले ४ लाख कित्ता अर्थात ४ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो । 

लघुवित्तले मंसिर ३ गते आईपीओ निष्काशन गर्नको लागि अनुमति माग्दै बोर्ड पुगेको हो । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट रहेको छ ।

आईपीओ निष्काशनको तयारीमा रहेको लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एक करोड ९८ लाख ८५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २६४.१३ प्रतिशत बढी हो ।

प्रतिक्रिया दिनुहोस