aarthiknews.com बुधबार, १७ मंसिर २०७७   Wednesday, 02 December, 2020
 

गुराँस लाइफको साधारण सभा सम्पन्न, अध्यक्षमा विवेक दुगड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०४ मंसिर २०७७
गुराँस लाइफको साधारण सभा सम्पन्न, अध्यक्षमा विवेक दुगड
LBEF
Nabil Bank

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको दशौ वार्षिक साधारण सभा बिहीवार सम्पन्न भएको छ । सभाले सञ्चालक समितिले प्रस्ताव गरेको ५ दशमलव २५ प्रतिशत बोनस शेयर पारित गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७४/७५ को लागि उक्त लाभांश प्रस्ताव पारित गरेको हो । यस अघि चुक्तापूँजी  ९३ करोड ८५ लाख २० हजार रुपैयाँ को आधारमा १० दशमलव ५० प्रतिशत बोनस शेयर जारी गर्ने प्रस्ताव गरेको कम्पनीले शतप्रतिशत हकप्रदपश्चात कायम चुक्तापूँजीको आधारमा ५ दशमलव २५ प्रतिशत बोनस दिन लागेको हो ।  

हकप्रद शेयर जारी पश्चात कम्पनीको चुक्तापूँजी  १ अर्ब ८७ करोड ७० लाख ४० हजार रुपैयाँ पुगेको छ । उक्त बोनसमा लाग्ने कर वापतको रकम कम्पनीलेनै व्यहोर्ने बताएको छ । बिहीवार सम्पन्न सभाले आगामी चार वर्षका लागि ६ जना सञ्चालकको निर्वाचन समेत गरेको छ । 

सभाबाट संस्थापकतर्फबाट विवेक दुगड, सौरभ दुगड, अपछ कुमार यादव, शम्भु प्रसाद सुवेदी र विनय कुमार तोदीलाई निर्वाचित गरेको छ भने सर्वसाधारण तर्फबाट विशाल तातेड निर्विरोध निर्वाचित भएका छन् । नवनिर्वाचित सञ्चालक समितिको बिहीवारनै बसेको बैठकले विवेक दुगडलाई अध्यक्षमा सर्वसम्मत् चयन समेत गरेको छ । 
 

प्रतिक्रिया दिनुहोस