aarthiknews.com बुधबार, १७ मंसिर २०७७   Wednesday, 02 December, 2020
 

ओरियण्टल होटलको साधारण सभा मंसिर ४ गते

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०३ मंसिर २०७७
ओरियण्टल होटलको साधारण सभा मंसिर ४ गते
LBEF
Nabil Bank

काठमाडौं । ओरियण्टल होटल लिमिटेडको २३ औं वार्षिक साधारण सभा मंसिर ४ गते भोली हुने भएको छ । होटलको कम्पनी रजिष्टर्ड कार्यालय, लाजिम्पाट, काठमाडौंमा बिहान ११ बजे सभा बोलाईएको हो । सभाका लागि यो वर्ष कुनै पनि लाभांश प्रस्ताव गरिएको छैन । 

सभाले गत आर्थिक वर्ष २९७६÷७७ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै चालू आर्थिक वर्षको लेखा परिक्षण्का लागि लेखा परिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्नेछ । सभा प्रयोजनका लागि होटलले कात्तिक २० गतेदेखि मंसिर ४ गतेसम्म बुक क्लोज गर्ने बताएको छ ।

यस आधारमा कात्तिक १९ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन सक्नेछन् । हालको परिस्थितिमा शेयरधनीहरुलाई भर्चुअल माध्यमबाट सहभागी भैदिनका लागि होटलले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस