aarthiknews.com बुधबार, १७ मंसिर २०७७   Wednesday, 02 December, 2020
 

महालक्ष्मी लाईफले घोषणा गर्यो पोलिसी बोनस

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०३ मंसिर २०७७
महालक्ष्मी लाईफले घोषणा गर्यो पोलिसी बोनस
LBEF
Nabil Bank

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले  सर्बाधिक पोलिसी बोनस घोषणा गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६ को लागी बीमितलाई दिने बोनस दर घोषणा गरेको हो । 

महालक्ष्मी सावधिक जीवन बीमालेखका लागि कम्पनीले ५ देखि १५  वर्ष अवधिको ५० रुपैयाँ , १६  देखि २५  वर्ष अवधिको बीमालेखमा ५१   रुपैयाँ र  २६ देखि ३०   वर्ष अवधिको बीमालेखका लागि ५२  रुपैयाँ बोनश दर तोकेको छ ।

महालक्ष्मी सरल जीवन बीमालेखका लागि कम्पनीले ५ देखि १५  वर्ष अवधिको ५०  रुपैयाँ , १६  देखि २५  वर्ष अवधिको बीमालेखमा ५१   रुपैयाँ र  २६ देखि ३०   वर्ष अवधिको बीमालेखका लागि ५२  रुपैयाँ बोनश दर तोकेको छ ।

महालक्ष्मी  जीवन हेरचार बीमालेखकालागि  ५ देखि १५  वर्ष अवधिको ८५  रुपैयाँ र १६  देखि २५  वर्ष अवधिको बीमालेखमा ५१ रुपैयाँ बोनस दर तोकेको  कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस