aarthiknews.com शुक्रबार, ०१ असोज २०७८   Friday, 17 September, 2021
 
Bajaj_Bike
राजस्व र खर्च

सरकारले २४० अर्ब राजस्व उठायो, २६९ अर्ब खर्च गर्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०३ मंसिर २०७७
Citizen life
सरकारले २४० अर्ब राजस्व उठायो, २६९ अर्ब खर्च गर्यो
Global IME
LBEF
yamaha_MAW


काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा पनि खर्चको सन्तुलन मिलाउन नसक्ने देखिएको छ । अहिलेसम्म सरकारले उठाएको राजस्व र खर्चको विवरणलाई हेर्दा यस्तो देखिएको हो । सरकारले चालु आर्थिक वर्षको पहिलो ५ महिनामा २४० अर्ब राजस्व संकलन गरेर २६९ अर्ब रुपैयाँ खर्च गरेको छ । अहिलेसम्म भएको खर्च र आम्दानी २९ अर्बको फरक देखिएको छ । अबका दिनमा पनि यस्तै अन्तर पर्दै जाने हो भने यस वर्षपनि सरकारलाई खर्चको सन्तुलन मिलाउन गाह्रो पर्ने देखिएको छ । 

चालु आर्थिक वर्षको पहिलो ५ महिनामा सरकारले २४० अर्ब राजस्व संकलन गरेको छ । सरकारले संकलन गरेको राजस्वमा २२६ अर्ब कर राजस्व हो भने ११ अर्ब गैरकर राजस्व हो । २४ अर्ब ५२ करोड अन्य आम्दानी गरेको छ भने यो अवधिमा सरकारले ५ अर्ब अनुदान लिएकाले जम्मा सरकारको राजस्व, अन्य आम्दानी समेत गर्दा जम्मा २६९ अर्ब रुपैयाँ सरकारले प्राप्त गरेको देखिएको छ । 

सरकराले गत आवको सोही अवधि अर्थात साउनदेखि कार्तिक अन्त्यसम्म २२६ अर्ब राजस्व संकलन गरेको थियो । गत आवको सो अवधिमा उठेको राजस्वमध्ये २३० अर्ब कर राजस्व हो भने १५ अर्ब गैर कर राजस्व हो ।  चालु आर्थिक वर्षमा सरकारले कुल १० खर्ब ११ अर्ब राजस्व उठाउने लक्ष्य निर्धारण गरेको छ । सो राजस्वमध्ये ९१२ अर्ब कर राजस्व हो भने ९८ अर्ब गैरकर राजस्व हो । 

सरकारले यो आर्थिक वर्षमा गत आर्थिक वर्षकोभन्दा बढी खर्च गरेको छ । कुल १४ खर्ब ७४ अर्ब बजेटमा सरकारले यो अवधिमा २३० अर्ब चालु खर्च गरेको छ भने २९ अर्ब ४४ करोडमात्रै पुँजीगत खर्च गरेको छ । अंक र प्रतिशत यस आवका भएको पुँजीगत गत आवको भन्दा करिब ५ अर्बले बढी हो । 

कोरोना महामारीकैबीच सरकारले यो खर्च पनि बढाएको हो । गत आवको सो अवधिका जम्मा ६ प्रतिशतमात्रै भएको पुँजीगत खर्च यो वर्ष ८ प्रतिशतभन्दा बढी भएको छ । त्यस्तै वित्तीय व्यवस्थातर्फपनि ९ अर्बभन्दा बढी खर्च भएको छ । 
 
सरकारले गत आवको पहिलो ५ महिनामा २२५ अर्ब खर्च गरेको छ । सो खर्चमध्ये १९६ अर्ब चालु खर्च हो । कार्तिकअन्त्यसम्म भएको कुल चालु खर्च विनियोजित बजेटको १४.७३ प्रतिशत हो । सरकारले चालु आवको लागि ९५७ अर्ब चालु खर्च विनियोजन गरेको छ ।  
सो अवधिमा जम्मा ६ प्रतिशत अर्थात २४ अर्ब ८१ करोड पुँजीगत खर्च गरेको थियो । वित्तीय व्यवस्थातर्फ जम्मा ४ अर्ब रुपैयाँमात्र खर्च भएको थियो  । 

 

प्रतिक्रिया दिनुहोस