aarthiknews.com बुधबार, १७ मंसिर २०७७   Wednesday, 02 December, 2020
 

युनाईटेड इन्स्योरेन्सको निमित्त प्रमुख कार्यकारी अधिकृतमा पौडेल नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०३ मंसिर २०७७
युनाईटेड इन्स्योरेन्सको निमित्त प्रमुख कार्यकारी अधिकृतमा पौडेल नियुक्त
LBEF
Nabil Bank

काठमाडौं । युनाईटेड इन्स्योरेन्स कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृतमा उपासना पौडेल नियुक्त भएकी छिन् । कम्पनीको कार्तिक २४ गतेबाट कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईको करार अवधि समाप्त भई बिदाई पश्चात नायब प्रमुख कार्यकारी अधिकृतमा कार्यरत पौडेललाई कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको हो ।  

कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईको नेतृत्वमा कम्पनीले प्रथम त्रैमासमा गत बर्षका सोही अवधिको तुलनामा बीमाशुल्क आर्जनमा ४४ प्रतिशतको भारी बृद्धि गर्न सफल भएको कम्पनीले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस