aarthiknews.com सोमबार, ०६ बैशाख २०७८   Monday, 19 April, 2021
 
Esewa_Remit
Bajaj_Bike

मलेसियन गाडीको शोरुम नक्सालमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २८ कार्तिक २०७७
Reliance life insurance
मलेसियन गाडीको शोरुम नक्सालमा
Jagadamba
LBEF

काठमाडौं । नेपाली बजारमा मलेसियाको प्रतिष्ठित कम्पनी प्रोटोनका गाडी औपचारिक रुपमा भित्रिने तयारीमा रहेका छन् । यसका लागि काठमाडौंको नक्साल, गैरीधारामा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक सोरुम सञ्चालनको अवस्थामा रहेको कम्पनीले जनाएको छ । 

शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्स प्रोटोनका गाडीको आधिकारिक वितरक नियुक्त गरेको  छ । जगदम्बा मोटर्सले प्रोटोनको सेल्स, सर्भिस र स्पेयर पार्ट्स उपलब्ध गराउने छ । हाल फेस्टिभल सिजन भएको र यस पश्चात छिट्टै नै सोरुम शुभारम्भ हुने सम्भावना छ । 

प्रोटोनको सोरुम आकर्षक स्पेस सहितको छ भने प्रोटोनको अन्तर्राष्ट्रिय मापदण्ड अनुसार निर्माण भएको छ । यसले नेपाली ग्राहकलाई उत्कृष्ट अनुभव प्रदान गर्नुका साथै एक आकर्षक गन्तव्यको रुपमा समेत आफ्नो पहिचान कायम गर्ने विश्वास गरिएको छ । 

नेपाली बजारमा प्रोटोनको पहिलो उपहारको रुपमा प्रोटोन सागा सेडान उपलब्ध हुनेछ । त्यसपछि अन्य मोडलका सवारी साधन समेत विस्तारै उपलब्ध हुँदै जाने छन् । प्रोटोन मलेसियाको पहिलो र प्रतिष्ठित अटोमोबाइल कम्पनी हो । 

मलेसियाका लोकप्रिय प्रधानमन्त्री डा. महाथिर मोहम्मदको बेबी प्रोजेक्टको रुपमा यो कम्पनी विकसित भएको थियो । हाल प्रोटोनका सवारी साधन विश्वका विभिन्न भागमा रुचाइने लोकप्रिय सवारी साधनमा पर्छन् । नेपाली ग्राहकलाई पनि प्रोटोनका उत्कृष्ट सवारी साधन आकर्षक सोरुममार्फत उपलब्ध गराउने अपेक्षा गरिएको छ । 
 

प्रतिक्रिया दिनुहोस