aarthiknews.com शनिबार, २७ असार २०७७   Saturday, 11 July, 2020
 
Citizen life

जनता बैंकका एकै साथ ६ वटा नयाँ शाखा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ जेठ २०७६
Sunrise
HIb
जनता बैंकका एकै साथ ६ वटा नयाँ शाखा
LBEF


काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले  एकै साथ काठमाडौं उपत्यकामा ३ र अन्य स्थानमा ३ गरी एकै साथ ६ शाखाको उद्घाटन गरी कारोबार सुभारम्भ गरेको छ । नयाँ ठिमी भक्तपुर, पाटन सुन्धारा, किर्तिपुर काठमाडौं, फिदिम पाँचथर, मन्थली रामेछाप र डुम्रे तनहुँमा नयाँ शाखा खोलिएको हो । 

मन्थली शाखाको उद्घाटन मन्थली नगरपालिकाका मेयर  रमेशकुमार बस्नेतले गरे । उक्त समुद्घाटन कार्यक्रममा बैंकका अध्यक्ष केशबबहादुर रायमाझी र प्रमुख कार्यकारी अधिकृत  परशुराम कुंबर क्षेत्रीले बैंकको बारेमा जानकारी गराएका थिए ।  

यसैगरी फिदिम शाखाको फिदिम नगरपालिकाका मेयर  ओनाहाङ्ग नेम्वाङ्ग, डुम्रे शाखाको बन्दीपुर गाउँपालिकाका अध्यक्ष  पूर्णसिं थापा, पाटन सुन्धारा शाखाको बैंकका संचालक  रामबहादुर भण्डारी, ठिमी शाखाको बैंकका संचालक  संजिब न्यौपाने र किर्तिपुर शाखाको नायब प्रमुख कार्यकारी अधिकृत  सुजित कुमार शाक्यले उदघाटन गरे । 

नयाँ खोलिएका शाखाहरुबाट ति क्षेत्रका सर्वसाधारण तथा उद्यमी व्यवसायीहरुलाई सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुबिधा लगाएत सम्पूर्ण आधुनिक बैकिङ्ग सेबा उपलब्ध गराइने छ । 

यसै बिच तनहुँको डुमेमा शाखा उद्घाटन सँगै सस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत बृहत निःशुल्क स्वास्थ्य शिविर पनि संचालन गरिएको छ । स्त्री तथा प्रसूति रोग, हाडजोर्नी र सामान्य स्वास्थ्य परिक्षण सम्बन्धी सञ्चालन गरीएको स्वास्थ्य शिविरमा डुम्रे आसपासका करिब २०० जनाले स्वास्थ्य परिक्षण गराएका छन् । उक्त स्वास्थ्य शिविरमा बिरामीहरुलाई आवश्यक औषधि निःशुल्क उपलब्ध गराइएको छ । 

यस सँगै जनता बैंकको शाखा संजाल पूर्वको ताप्लेजुङ्ग देखि पश्चिमको दार्चुला सम्म शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा गरी कुल १३५ पुगेको छ । यस सगै बैंकले ५० शाखा रहित बैंकिङ्ग, १ सीमित बैंकिङ्ग ईकाइ, ३ एक्सटेन्सन काउन्टर तथा १०३ एटिएमहरु मार्फत उच्च स्तरीय बैंकिङ्ग सेबा पुर्याउदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस