aarthiknews.com सोमबार, २९ असार २०७७   Monday, 13 July, 2020
 
Citizen life

बैंकिङ कसुरका फरार पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ जेठ २०७६
Sunrise
HIb
बैंकिङ कसुरका फरार पक्राउ
LBEF

काठमाडौं । बैंकिङ कसुरका फरार प्रतिवादी ललितपुर, ललितपुर महानगरपालिका-१४ कुसुन्ती बस्ने पाँचथर फिदिम गाउँपालिका-२ घर भएका ४५ वर्षीय ईश्वर बास्कोटालाई बुधबार काठमाडौं बानेश्वरबाट प्रहरीले पक्राउ गरेको छ ।  

उच्च अदालत, पाटनको २०७६ वैशाख १० गतेको फैसलाले १ महिना कैद र ४ लाख १० हजार लगत कसी असुल उपर गर्नु, ४ लाख १० हजार जाहरेवालालाई विगो भराई दिनु  भनि अदालतले फैसला गरेको थियो । 

 ४ लाख १० हजारको ४ प्रतिशतले हुन आउने रकम १६ हजार ४ सय अपराध पीडित कोषमा जम्मा गर्नु भन्ने फैसला भई फरार रहेका बास्कोटालाई महानगरीय अपराध महाशाखाको प्रहरीले फेला पारी पक्राउ गरेको हो ।  उनलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत ललितपुर पठाइएको प्रहरीले बताएको छ । 
 

प्रतिक्रिया दिनुहोस