aarthiknews.com सोमबार, ०६ बैशाख २०७८   Monday, 19 April, 2021
 
Esewa_Remit
Bajaj_Bike

एभरेष्ट इन्स्योरेन्सले बीमा शुल्क १२ करोड ११ लाख आर्जन गर्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २७ कार्तिक २०७७
Reliance life insurance
एभरेष्ट इन्स्योरेन्सले बीमा शुल्क १२ करोड ११ लाख आर्जन गर्यो
Jagadamba
LBEF

काठमाडौं । एभरेष्ट इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १२ करोड ११ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेको छ ।  गत आर्थिक वर्षको सोहि अवधिमा इन्स्योरेन्सले ११ करोड ९२ लाख रुपैंया खुद बीमा शुल्क आर्जन गरेको थियो । 

इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ३ करोड ५ लाख ४० हजार रुपैंया खुद नाफा कमाएको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा इन्स्योरेन्सको खुद नाफा ५१.०८ प्रतिशतले बढेको छ  । गत वर्षको सोहि अवधिमा इन्स्योरेन्सले २ करोड २ लाख १४ हजार रुपैंया खुद नाफा कमाएको थियो । 

इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा गत आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ३३८.१० प्रतिशतले बढाएको थियो । त्यस बेला इन्स्योरेन्सले ४६ लाख रुपैंयाको खुद नाफालाई २ करोड २ लाख १४ हजार रुपैंया पुर्याएको थियो ।

त्यसैगरि इन्स्योरेन्सको गत आर्थिक वर्षको पहिलो त्रैमासको लगानी कर्जा तथा अन्य आयबाट हुने आम्दानी ८३ लाख ११ हजार रुपैयाँबाट ८५ लाख ८९ हजार रुपैंया पुगेको छ ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा ९३७ दाबी वापत १० करोड २८ लाख रुपैयाँ बराबरको भुक्तानी गरेको इन्स्योरेन्सले २ हजार ३२७ दाबी वापत ९९ करोड २१ लाख रुपैयाँ बराबरको रकम भुक्तानी गर्न बाँकी थियो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा आईपुग्दा इन्स्योरेन्सले ७६९ वटा दाबी भुक्तानी वापत २७ करोड १७ लाख रुपैंया दाबी भुक्तानी गरी ४ हजार ३१५ वटा दाबी वापत १ अर्ब ४ करोड २८ लाख रुपैंया भुक्तानी गर्न बाँकी छ ।

चुक्ता पूँजी चुक्ता पूँजी एक अर्ब ९ करोड रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडा कोष यस अवधिमा १५ करोड १२ लाख रुपैयाँबाट २८ करोड ९८ लाख रहेको छ । त्यस्तै बीमा कोषमा २३ करोड ७३ लाख रुपैयाँबाट ३४ करोड २० लाख रुपैंया जम्मा भएको छ ।

प्रतिक्रिया दिनुहोस