aarthiknews.com सोमबार, ०९ असार २०७६   Monday, 24 June, 2019
 

नेप्सेमा ३ अंकले घट्यो, कारोबार ५० करोड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ जेठ २०७६
Sunrise bank
नेप्सेमा ३ अंकले घट्यो, कारोबार ५० करोड
NIBL-Capital-inside
LBEF

बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३ दशमलव ५० अंकले घटेर १ हजार २ सय ७२ दशमलव ४८ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । 

यसदिन १ सय ७४ कम्पनीको १८ लाख ७१ हजार ८०४ कित्ता शेयर खरिदबिक्री भई ५० करोड २६ लाख ८२ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । 

त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक शुन्य दशमलव ५० अंकले घटेर २ सय ७२ दशलमव ३६ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

यस दिन सबैभन्दा बढी कारोबार ग्लोबल आईएमई बैंकको प्रमोटर शेयरको भएको छ । जसको कारोबार ७ करोड १२ लाख ६२ हजार रुपैयाँ बराबरको भएको छ । 

यस दिन सर्वा्िधक कमाउनेमा साल्ट ट्रेडिङ्ग कर्पोरेटको भएको छ । जसको शेयर मूल्यमा १० प्रतिशतले बढेको छ । 

साथै सर्वा्िधक गुमाउनेमा नेपाल हाइड्रो डेभलपरका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ७ दशमलव ९ प्रतिशतले घटेको छ । 

यस दिन १२ वटा उपपरिसुचकहरुमा ३ वटा समूह मात्र बढेको छ भने ९ वटा समूह घटेका छन् । 
 

प्रतिक्रिया दिनुहोस