aarthiknews.com सोमबार, ०६ बैशाख २०७८   Monday, 19 April, 2021
 
Esewa_Remit
Bajaj_Bike

सर्किट लेभलमा मूल्य बढेका ६ कम्पनीको अन्तिम मूल्य कति ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २३ कार्तिक २०७७
Reliance life insurance
सर्किट लेभलमा मूल्य बढेका ६ कम्पनीको अन्तिम मूल्य कति ?
Jagadamba
LBEF

काठमाडौं । आइतबार १२ दशमलव ४९ अंकले बढेको बजारमा ६ कम्पनीको शेयरमूल्य सर्किट लेभलमा बढेको छ । यस दिन हिमालयन डिष्टिलरी, साल्ट ट्रेडिङ कर्पोरेशन, दिव्यश्वरी हाइड्रो, मिथिला लघुवित्त, युनिभर्सल पावर र सानिमा जनरल इन्स्योरेन्सको शेयरमूल्य सर्किट लेभलमा बढेको हो ।

दोहोरो अंकले बढेको बजारमा हिमालयन डिष्टिलरीको शेयरमूल्य सर्वाधिक ९ दशमलव ९७ प्रतिशतले बढेको हो । यो दिन प्रतिकित्ता  १९६ रुपैयाँ ले बढेर हिमालयन डिष्टिलरीको अन्तिम शेयरमूल्य प्रतिकित्ता २ हजार १६१ रुपैयाँ पुगेको छ । यस कम्पनीको बजार मूल्यलाई प्रभाव पार्ने कुनै पनि सुचना वाहिरिएको छैन् । तर पनि कम्पनीको शेयरमा उच्च खरिद चाप भएकाले मूल्यमा उच्च बृद्धि भएको हो ।

यो समय सूचीकृत कम्पनीहरुले लाभांश प्रस्ताव गर्ने समय रहेकाले पनि आकर्षक लाभांश प्रस्तावको अपेक्षामा लगानीकर्ताहरुले कम्पनी छनोट गरिरहेका छन् । यो दिन साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको शेयरमूल्इ पनि ९ दशमलव ९५ प्रतिशतले बढेको छ । सर्वाधिक शेयरमूल्य बढ्नेमध्य दोस्रो नम्बरमा साल्ट ट्रेडिङ रहेको छ । 

यस कम्पनीको शेयरमूल्य प्रतिकित्ता ३८७ रुपैयाँले बढेर अन्तिम मूल्य प्रतिकित्ता ४  हजार २७५ रुपैयाँ पुगेको छ । आइतबार यी दुई कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएसँगै व्यापारिक समूहको सर्वाधिक ८ दशमलव ५८ प्रतिशत र उत्पादन तथा प्रशोधन समूहको ४ दशमलव शून्य ४ प्रतिशतले परिसूचक बढेको छ ।

आइतवार दिव्यश्वरी हाइड्रोको ९ दशमलव ९२ प्रतिशत, मिथिला लघुवित्त वित्तीय संस्थाको ९ दशमलव ९० प्रतिशत, युनिभर्सल पावरको ९ दशमलव ८६ प्रतिशत र सानिमा जनरल इन्स्योरेन्सको ९ दशमलव ८४ प्रतिशतले शेयरमूल्य बढेको छ । 


 

प्रतिक्रिया दिनुहोस