aarthiknews.com विहीबार, २० फागुन २०७७   Thursday, 04 March, 2021
 
tater Group
Bajaj_Bike

उद्दार उडान बन्द गर्न सरकारलाई सिफारिस

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २३ कार्तिक २०७७
उद्दार उडान बन्द गर्न सरकारलाई सिफारिस
Jagadamba
LBEF

काठमाडौं । कोभिड(१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोरोनाका कारण विदेशमा अलपत्र परेका नेपालीहरूको उद्दार बन्द गर्न सरकारलाई सिफारिस गरेको छ । अलपत्र परेका नेपाली सकिएको भन्दै उद्दार उडान बन्द गर्ने निर्णय सीसीएमसीले गरेको हो ।
आइतबार बसेको सीसीएमसी बैठकले विदेशमा संकटमा परेका नेपालीलाई उद्दार उडान गर्नु नपर्ने ठहर गर्दै सरकारलाई यस्तो सिफारिस गरेको हो । अहिलेसम्म १ लाख ३६ हजार २१६ जनाको उद्दार गरी स्वदेश फर्काएको भन्दै सीसीएमसीले उद्दार उडान बन्द गर्न सरकारलाई सिफारिस गरेको हो ।

विभिन्न देशमा रहेका नेपाली कुटनीतिक नियोगहरूले लगभग उद्दार सकिएको जानकारी गराएपछि उद्दार उडान बन्द गर्न सरकारलाई सिफरिस गर्ने निर्णय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव महेन्द्र प्रसाद गुरागाईंले बताए ।

कुनै देशबाट पुनः उद्दार गरी ल्याउनुपर्ने अवस्था आएका त्यस्ताको लागि नियमित उडानबाट नै ल्याउने व्यवस्था मिलाउनुपर्ने निर्णय सीसीएमसीले  छ । 

यसैगरी केबलकार, जंगल सफारी र सासहिक पर्यटनका क्षेत्र खुला गर्न पनि सरकारलाई सिफारिस गरिएको उनले बताए । होम आइसोलेसनमा रहेका कोरोना संक्रमितहरूको संख्या धेरै रहेको अवस्थामा स्वास्थ्य परामर्शका लागि स्थानीय तहका वडाहरुबाट स्वास्थ्यकर्मीले परामर्श सेवा दिन अनुरोध गर्ने निर्णय पनि सीसीएमसीले गरेको छ ।

यस्तै कुटनीतिक नियोगका कर्मचारीका परिवारलाई पनि नेपाल आउन दिने निर्णय गर्न मन्त्रिपरिषद्लाई सिफरिस गरिएको छ ।
केही दिनको अवस्था हेरेर विद्यालय सञ्चालनको सिफारिस गर्ने उनले बताए । दसैंमा फर्केनहरूबाट संक्रमणको जोखिम नहटेकाले केही दिनको ‘ट्रेन्ड’ हेरेर अन्य क्षेत्रको खुला गर्ने र नगर्ने निर्णय गरिने गुरागाईंले बताए ।

बन्द रहेका विद्यालय, सिनेमा हलका विषयमा छलफल भएपनि निर्णयका लागि केही समयको संक्रमणको दरका आधारमा सिफारिस गर्ने उनले बताए ।
 

प्रतिक्रिया दिनुहोस