सेबोनलाई स्पष्टिकरण लेख्न ब्यस्त छन् नेप्से प्रमुख - Aarthiknews
aarthiknews.com शुक्रबार, ०३ असोज २०७६   Friday, 20 September, 2019
 
अनलाइन प्रणाली खरिद

सेबोनलाई स्पष्टिकरण लेख्न ब्यस्त छन् नेप्से प्रमुख

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ जेठ २०७६
Sunrise bank
सेबोनलाई स्पष्टिकरण लेख्न ब्यस्त छन् नेप्से प्रमुख
LBEF
NCH-IPS

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउद धितोपत्र बोर्डलाई बुझाउन ६ बुँदे स्पष्टिकरण तयार पार्दैछन् । नेप्सेका अनुसार गत पुष २३ गते धितोपत्र बोर्डले नेप्सेको अनलाइन प्रणालीका बारेमा छानविन गर्न बनेको प्रतिवेदनलाई आधार बनाएर स्पष्टिकरण माग गरेको थियो । 

उक्त प्रणाली कमसल खालको भएको भन्दै गत पुस ९ गते अख्तियारमा उजुरी परेपछि अख्तियार दुरुपयोग आयोगको आग्रहमा नेपाल धितोपत्र बोर्डले छानबिन समिति बनाएको थियो ।  

अख्तियारले बोर्डलाई छनबिन गर्न पठाएको पत्रमा भनिएको छ– ‘नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले अनलाइन प्रणाली खरिद गर्दा १८ करोड खर्च गरी कमसल सफ्टवेयर खरिद गरेको तथा डिस्प्ले बोर्डको लागि समेत ३५ लाख रुपैयाँ खर्च गरे पनि सञ्चालनमा आउन नसकेको भन्ने समेतको उजुरीका सम्बन्धमा के कसो भएको हो छानबिन गरी यथार्थ विवरणसहित राय प्रतिक्रिया आयोगको अनुसन्धान महाशाखा नं २ मा पठाउन हुन निर्णयाअनुसार अनुरोधछ ।’

अख्तियारको पत्र बोर्डमा गएपछि बोर्डले तीन सदस्यीय छानबिन समिति बनाएको थियो । पुस २३ गते गठित छानबिन समितिमा बोर्डका उपकार्यकारी निर्देशक डा. नवराज अधिकारीको संयोजकत्वमा कामु कार्यकारी निर्देशक कृष्णप्रसाद घिमिरे र नेप्सेका सूचना प्रविधि उपशाखाका सहायक निर्देशक यमनाथ अर्याल सदस्य रहेको समिति बनाएको थियो । 

स्रोतका अनुसार उक्त प्रतिवेदनमा नेप्सेको अनलाइन सफ्टवेयर खरिदमा भ्रष्टाचार गरेको निष्कार्ष निकाएको बताएको छ । उक्त प्रतिवेदनले नेप्सेको अनलाइन सफ्टवेयर खरिदका क्रममा सार्वजनिक खरिद ऐनको पालना नभएको समेत उल्लेख गरिएको स्रोतले बतायो । 

अनलाइन सफ्टवेयर निर्माण गर्ने कम्पनी वाईकोले हालसम्म ११ करोड ५० लाख रुपैयाँ भुक्तानी गरिएको छ । नेप्से प्रमुखले धितोपत्रमा सोधिएका प्रश्नहरु, अनलाइन प्रणालीको खरिद र सार्वजनिक खरिद ऐन, अनलाइन शेयर बजारका खरिद कर्ता मैत्री नभएको, अनलाइन प्रणाली निर्माण गर्ने कम्पनीको भुक्तानीका सम्बन्धमा आएको स्पिष्टिकरणको जवाफ तयार भइसकेको र अब सञ्चालक समितिमा समेत देखाएपछि धितोपत्र बोर्ड पठाउने तयारी भएको नेप्सेले जानकारी दिएको छ । 

स्रोतका अनुसार अनलाइन प्रणाली खरिद प्रक्रियामा नेप्सेको सञ्चालक समिति पनि जोडिने भएकाले जवाफको सदर बोर्डबाट गराउन पर्ने भएकाले ढिला भएको नेप्सेलले बतायो ।
 

प्रतिक्रिया दिनुहोस