aarthiknews.com विहीबार, १५ असोज २०७७   Thursday, 01 October, 2020
 
Bajaj_Bike
Tasen

प्रहरीविरुद्ध नै उजुरीको चाङ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ जेठ २०७६
प्रहरीविरुद्ध नै उजुरीको चाङ
LBEF

प्रहरीमा क–कसका विरुद्ध उजुरी पर्लान् ? सामान्यतया सबैको अनुमान हुन्छ चोरी, फटाहा, डाँका, तस्कर तथा आपराधिक क्रियाकलापमा संलग्नविरुद्ध ।

तर, नेपाल प्रहरीको एक तथ्यांक हेर्ने हो भने प्रहरीविरुद्ध नै उजुरीको चाङ छ । प्रहरीको एक तथ्यांकले चालू आर्थिक वर्ष २०७५/७६ मा प्रहरीविरुद्ध नै १९९ वटा उजुरी दर्ता भएको देखाएको छ ।

नेपाल प्रहरीको उजुरी छानबिन शाखामा परेका निवेदनमध्ये चालू आर्थिक वर्षको हालसम्म प्रहरीसँग सम्बन्धित (प्रहरी विरुद्ध) मात्र १९९ वटा उजुरी दर्ता भएका हुन् । तीमध्ये ९२ वटा उजुरी फछ्र्योट भइसकेका छन् भने १०७ वटा उजुरीउपर छानबिन चलिरहेको छ ।

उजुरी छानबिन शाखाका डीएसपी कुलदीप चन्दले सेवाप्रवाहमा भएको ढिलासुस्ती, लेनदेनसहितका आचरण, पक्षविपक्षमा देखाएको निकटता, सीमावर्ती क्षेत्रमा प्रहरीबाट भएका बदमासी, क्रसर उद्योगमा देखिएका विवादलगायतका विषयमा प्रहरीकै विरुद्ध उजुरी आउने गरेको जनाए ।

‘प्रहरीबाट काम कारबाहीमा भएका ढिलासुस्तीदेखि प्रहरीका आचारण, सीमामा देखिएका बदमासी, लेनदेनका विषयलगायतमा उजुरी आउने गरेको छ,’ शाखाका डीएसपी चन्दले भने ।

यसरी उजुरी आउँदा विभिन्न स्रोत अख्तियार, हेलो सरकार, गृहमन्त्रालय, ई-कम्प्लेन, हुलाक, बेनामेपत्रमार्फत आउने गरेको चन्दले जानकारी दिए । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ । 

प्रतिक्रिया दिनुहोस