aarthiknews.com विहीबार, ११ मंसिर २०७७   Thursday, 26 November, 2020
 
BOK

लगातार कम निन्द्राले निम्त्याउन सक्छ यस्ता गम्भीर रोग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १५ कार्तिक २०७७
लगातार कम निन्द्राले निम्त्याउन सक्छ यस्ता गम्भीर रोग
LBEF
Nabil Bank

हरेक मानिसले आफ्नो स्वास्थ्यलाई स्वस्थ राख्नको लागि पनि निन्द्रा महत्वपूर्ण हुन्छ । त्यसैले गर्दा पनि कम सुत्ने गर्नाले मानिसको शरीरमा गम्भीर असर पर्ने स्वास्थ्य विशेषज्ञहरु बताउँछन् । जो व्यक्ति ८ घण्टाभन्दा बढी लगातार काम गर्ने गर्छन् तिनीहरुका लागि निन्द्रा पनि उत्तिकै जरुरी हुन्छ ।

जर्मनीको विश्वविद्यालय  युनिभर्सिटी अफ बनमा गरिएको एक अध्ययनका मुख्य लेखक ड्यानियल कुएटिन्गका अनुसार लामो समयसम्म काम गर्नेहरुलाई  मुटुका धमनीहरु खुम्चिने, उच्च रक्तचाप, मुटुको धड्कन अस्वभाविक रुपमा बढ्ने जस्ता समस्या देखिन्छ । 

यसैगरी, केही अनुसन्धानहरुले कम निन्द्राले स्तन क्यान्सरको पनि सम्भावना बढ्ने बताएका छन् । यसका साथै, कोशिकाहरुमा पनि नोक्शान पुग्छ । 

भरपुर निन्द्राले मस्तिष्कलाई आराम दिलाउँछ । जति निदाइन्छ उति नै मस्तिष्कले नयाँ उर्जा प्राप्त गर्ने गर्छ । तर निन्द्रा नपुगेमा मस्तिष्क ताजा हुन पाउँदैन । जसले गर्दा थुप्रै प्रकारका मानसिक समस्या समेत पैदा हुन्छ । 

कम निन्द्राले हड्डीहरु कमजोर हुन सुरु गर्छ । कम सुताईले हड्डीहरुमा मिनरल्सको सन्तुलन गडबढ हुन गई जोर्नीहरु दुख्ने समस्या आउँछ । एजेन्सीको सहयोगमा 

प्रतिक्रिया दिनुहोस