aarthiknews.com विहीबार, ११ मंसिर २०७७   Thursday, 26 November, 2020
 
BOK

थप २५०८ जनामा कोरोना पुष्टि, १७ जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १५ कार्तिक २०७७
थप २५०८ जनामा कोरोना पुष्टि, १७ जनाको मृत्यु
LBEF
Nabil Bank

काठमाडौं । नेपालमा २५०८ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा २५०८ जना नयाँ संक्रमित थपिएका हुन् । 

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या एक लाख ७० हजार ७४३ रहेको छ । संक्रमित मध्ये एक लाख ३१ हजार २२२ जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या ३८ हजार ५८४ रहेको छ ।

पछिल्लो २४ घण्टामा २२६४ जना कोरोनामुक्त भएका छन् भने १७ जनाको मृत्यु भएको छ । योसंगै मृत्यु हुनेको संख्या ९३७ पुगेको छ । 
 

प्रतिक्रिया दिनुहोस