aarthiknews.com मंगलबार, १० असार २०७६   Tuesday, 25 June, 2019
 

निर्माण व्यवसायीको  पूर्वघोषित आन्दोलनका कार्यक्रम स्थगित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ जेठ २०७६
Sunrise bank
निर्माण व्यवसायीको  पूर्वघोषित आन्दोलनका कार्यक्रम स्थगित
NIBL-Capital-inside
LBEF

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले सरकारद्वारा जारी सार्वजनिक खरिद (सातौं संशोधन) नियमावली, २०७६ ले व्यवसायीका केही महत्वपूर्ण माग पूरा गरेको भन्दै पूर्वघोषित आन्दोलनका कार्यक्रम स्थगित गरेको छ । 

सार्वजनिक खरिद (छैठौं संशोधन) नियमावली २०७५ का केही प्रावधानका कारण समग्र निर्माण क्षेत्र नै धाराशायी हुने भन्दै महासंघले बोलपत्र बहिष्कार, इजाजत पत्र फिर्ता गर्ने सहितको देशव्यापी आन्दोलन घोषणा गरेको थियो । 

मंगलवार महासंघ सचिवालयमा पत्रकार सम्मेलन गर्दै महासंघका अध्यक्ष रवि सिंहले व्यवसायीहरुका केही महत्वपूर्ण मागहरु भने यथावत् रहेकाले दबाबमूलक कार्यक्रम जारी राख्ने जानकारी दिए । ‘व्यवसायीका मागमा सरकार गम्भीर भएको हामीले पाएका छौं, आगामी दिनमा पनि सरकारबाट व्यवसायीका मागमा सकारात्मक पहलकदमीको अपेक्षा महासंघले गरेको छ ।

 अध्यक्ष सिंहले भने–‘तर पाँच करोड रुपैयासम्मको निर्माण कार्यमा बिना योग्यता भाग लिन पाउनुपर्ने, उपभोक्ता समिति र लाभग्राही समुदायमार्फत गरिने निर्माण कार्यको एक करोड रुपैयाँ खारेज हुनुपर्ने, १५ प्रतिशतभन्दा बढी घटी गएको रकमको ५० प्रतिशत थप धरौटी राख्ने प्रावधान हटाउनु पर्ने माग अझै पूरा नभएको महासंघले जनाएको छ । 

त्यस्तै कुनै व्यवसायीमाथि एउटा गल्तीमा पाँचवटा कानुनले दिने सजाय खारेज हुनुपर्ने, अपराधसंहिताको दफा २५० पूर्ण रुपले खारेजी हुनुपर्ने लगायतका माग खारेजीका लागि दबाबमूलक कार्यहरु गरिरहने अध्यक्ष रवि सिंहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस