लगानीकर्ता संरक्षण कोष १५ करोडको भयो - Aarthiknews
aarthiknews.com बुधबार, ०१ असोज २०७६   Wednesday, 18 September, 2019
 

लगानीकर्ता संरक्षण कोष १५ करोडको भयो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ जेठ २०७६
Sunrise bank
लगानीकर्ता संरक्षण कोष १५ करोडको भयो
LBEF
NCH-IPS

काठमाडौं । लगानीकर्ताको हितको लागि बनाएको लगानीकर्ता सरक्षण कोषमा १५ करोडभन्दा बढी रकम जम्मा भएको कम्पनी रजिष्ट्रार कार्यालयले जनाएको छ । 
सार्वजनिक कम्पनीहरुमा रहेको कम्पनीको लाभांश लगायतमा दावी नपरेको सम्पत्तिलाई व्यबस्थित गर्न २०७३ सालमा लगानीकर्ता सरक्षण कोषको कार्यविधि बनाइएको थियो ।
 
उक्त कोषमा लगानीकर्ताहरुबाट पाँच वर्षसम्म दावी नभएको रकम, लाभांष र विदेशी दातृनिकायबाट दिएको चन्दा लगायत आम्दानीको स्रोत रहेको छ । उक्त कोषमा १५ वटा बाणिज्य बैंकले लगानीकर्ताहरुको विवरण पेश गसिकेको  कम्पनी रजिष्ट्रार कार्यालयका लेखा शाखा प्रमुख निरज दहालले जानकारी दिएका छन् । 

बाँकी बैंक समेत दर्ता हुने प्रक्रियामा रहेको उनले बताए । उनका अनुसार धेरै बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरु मर्जको प्रक्रियामा रहेकाले लगानीकर्ताको विवरण र उनीहरुको हिसाव मिलन गर्न बाँकी रहेकाले दर्ता हुन नआएको उनले बताए ।

यो कोष सञ्चालनका लागि कम्पनी रजिष्ट्रार कार्यालय, नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्स्चेञ्जका प्रतिनिधि सम्मेलित एक कमिटि समेत बनाएको छ, तर उक्त कमिटिको बैंठक कोष सञ्चालनको कार्यविधि बनाएपछि एक पटक पनि बस्न सकेको छैन । 
 

प्रतिक्रिया दिनुहोस