aarthiknews.com मंगलबार, २३ असार २०७७   Tuesday, 07 July, 2020
 
Citizen life

ओटीसी कारोबारको कार्यविधि नबन्दा कम्पनीको आकर्षण घट्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ जेठ २०७६
Sunrise
HIb
ओटीसी कारोबारको कार्यविधि नबन्दा कम्पनीको आकर्षण घट्दै
LBEF

काठमाडौं । शेयर बजारको महत्वपूर्ण कारोबारका रुपमा रहेको ओभर दि काउन्टर (ओटीसी) कारोबारको कार्यविधि नबन्दा कम्पनीको आकर्षण घट्दै गएको छ । 

यसअघि कम्पनी रजिस्टार कार्यालयबाट यस्ता कम्पनीहरूको कारोबार हुँदै आएको थियो । पछिल्लो समय नियमक निकायले ओटीसी बजारबाटै कारोबार गर्न निर्देशन दिएका थियो । निर्देशन दिएपछि १०९ वटा कम्पनीहरु ओटीसी कारोबारका लागि नेपाल स्टक एक्स्चेञ्ज (नेप्से )मा सूचीकृत भएका छन् । 

शेयर बजार व्यापारमा ब्रोकरहरू जस्ता मूल्य प्रणालीको संलग्नता बिना सीधा एक्सचेञ्जमार्फत व्यापार गर्न अपनाइएको प्रणाली ओटीसी बजार हो । सामान्यतयाः नेप्सेमा सूचीकरण हुन नसकेका, सूचीकरणबाट हटाइएका तथा सूचीकरणका लागि आवश्यक सर्त पूरा गर्न नसकेको कम्पनीहरूको धितोपत्रहरूमा तरलता कायम गरी सर्वसाधारण लगानीकर्ताको हित संरक्षण गर्ने हेतुले ओटीसीमार्फत शेयरको कारोबार गर्न कम्पनीहरु आउने गरेका छन् । 

२५ हजार रुपैयाँसम्मको कारोबार हुँदा धितोपत्र बजारलाई २ प्रतिशत शुल्क बुझाउनुपर्छ । त्यस्तै २५ हजारदेखि ५ लाखसम्मको कारोबार हुँदा १.५० प्रतिशत र ५ लाखदेखि माथिको कारोबार हुँदा १ प्रतिशत शुल्क बुझाउनुपर्छ । उक्त कारोबार हुँदा नेपाल धितोपत्र बोर्डलाई भने ०.१५ प्रतिशत शुल्क बुझाउनुपर्छ ।

सर्वसाधारणमा शेयर जारी नगरेका कम्पनीले यो प्रणालीमा आएर शेयर स्वामित्व परिवर्तन गर्न सक्छन् । ओटीसीमार्फत व्यापार गर्न कम्पनीले सर्वसारधाणमा शेयर जारी गर्नुपर्ने बाध्यता हुँदैन । ओटीसी बजारमार्फत २०६८ सालमा पहिलोपटक नेपाल बैंकको शेयर खरिद बिक्री भएको थियो ।

नेप्सेले ओटीसीमा २५ हजार रुपैयाँसम्मको कारोबारमा ०.२ प्रतिशत कारोबार शुल्क प्रस्ताव गरेको छ । यस्तै २५ हजारदेखि ५ लाखसम्मको कारोबारमा ०.१८, ५ लाखमाथिको कारोबारमा ०.१५ प्रतिशत शुल्क लाग्ने गरेको छ । नेपाल बोर्ड तथा नेपाल स्टक एक्स्चेनजको अनुरोधमा कम्पनी रजिष्ट्रारको कार्यालयले सर्वसाधारणमा शेयर जारी नगरेका सम्पुर्ण कम्पनीको शेयरको कारोबार अनिवार्य ओटीसी मार्केटस्बाट गर्ने निर्णय गरेको थियो । साथमा इन्भेष्टर प्रोटेक्सन फन्डसमेत बनाएर र ओटीसी कारोबारलाई व्यवस्थित गर्ने भनिएको थियो । नेप्सेका तत्कालीन महाप्रबन्धक सिताराम थपलियाले शुरु गरेको यो फन्डको हालसम्म बैंठक समेत बस्न सकेको छैन । 

लगानीकर्ता सरक्षण कोषमा सयौं कम्पनीका दाबी नपुगेका वा दाबी गर्न नआएका लाभांश समेत व्यवस्थपन गर्ने भनिएको थियो । नेप्सेले भने यसको छुट्टै व्यवस्थपन गर्न  कार्ययोजनासहित अर्थ मन्त्रलायमा बुझाएको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले बताए । 
यसको महत्व र यसबाट सरकारले आम लगानीकर्ताले लिन सक्ने फाइदाको बारेमा विस्तृत योजना बनाएर मन्त्रालयमा बुझाएका छौं । मन्त्रालयबाट यसको बारेमा कुनै पनि प्रतिक्रिया नआएको उनले बताए । अहिले मृत अवस्थामा रहेका कम्पनीहरुमात्रै कारोबार चाहिएको बखत केही दिनअघि मात्र नेप्सेमा दर्ता हुन आउने प्रवत्ता पराजुली बताउँछन् । 

उनले भने–‘ओटीसी कारोबारलाई व्यवस्थित गर्न धितोपत्र बोर्ड, नेप्से र कम्पनी रजिष्ट्रारको कार्यालय रहेको एक कमिटीसमेत बनेको छ । तर, यसको काम केही पनि भएको छैन । लगानी सरक्षण कोषमा हालसम्म १५ करोडभन्दा बढी फन्डमा रकम जम्मा भइसकेको छ । 
 

ओटीसीका निम्ति नेप्सेमा सूचीकृत कम्पनीहरु


 

प्रतिक्रिया दिनुहोस