aarthiknews.com शनिबार, २० मंसिर २०७७   Saturday, 05 December, 2020
 

तातोपानी नाकाबाट सामान आयात पुनः शुरु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १३ कार्तिक २०७७
तातोपानी नाकाबाट सामान आयात पुनः शुरु
LBEF
Nabil Bank

काठमाडौं । चीनसँग जोडिएको तातोपानी नाका आजबाट पुनः सञ्चालनमा आएको छ । नाकाबाट आज एक कन्टेनर सामान भित्रिएको भन्सार कार्यालयले जनाएको छ ।  

गत असोज ११ देखि बन्द नाकाबाट बिहीबार एक कन्टेनर स्याउ भित्रिएको हो ।  शुक्रबारबाट कम्तीमा ७ वटा चिनियाँ कन्टेनरले हरेक दिन सामान ल्याएर नेपाली यार्डसम्म उपलब्ध गराउने भन्सार कार्यालयले जनाएको छ । 

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले नाकाबाट सामग्री आयात शुरु भइसकेको र सडक विभागले सडक मर्मत तत्काल शुरु गर्ने बताए । कोभिड १९ को सङ्क्रमण र वर्षायामका कारण सो नाका अवरुद्ध हुँदै आएको थियो । 

प्रतिक्रिया दिनुहोस