aarthiknews.com बुधबार, २४ असार २०७७   Wednesday, 08 July, 2020
 
Citizen life

नेप्सेमा झिनो अंकको वृद्धि, कारोबार भने घट्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ जेठ २०७६
Sunrise
HIb
नेप्सेमा झिनो अंकको वृद्धि, कारोबार भने घट्यो
LBEF

मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) शुन्य दशमलव १७ अंकले बढेर १ हजार २ सय ७५ दशमलव ९९ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । 

यसदिन १ सय ७४ कम्पनीको १५ लाख ९ हजार ८८५ कित्ता शेयर खरिदबिक्री भई ४८ करोड ८ लाख ७६ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । 

त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक शुन्य दशमलव ४० अंकले बढेर २ सय ७२ दशलमव ८६ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

यस दिन सबैभन्दा बढी कारोबार शिवम सिमेन्टको भएको छ । जसको कारोबार ४ करोड ३ लाख ७८ हजार रुपैयाँ बराबरको भएको छ । 

यस दिन सर्वा्िधक कमाउनेमा पाँचथर पावर कम्पनीको भएको छ । जसको शेयर मूल्यमा ९ दशमलव ५२ प्रतिशतले बढेको छ । 

साथै सर्वा्िधक गुमाउनेमा नेपाल हाइड्रो डेभलपरका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ९ दशमलव ६१ प्रतिशतले घटेको छ । 

यस दिन १२ वटै उपपरिसुचकहरुमा ६ वटा समूह बढेको छ भने ६ वटा समूह घटेको छ । 
 

प्रतिक्रिया दिनुहोस