aarthiknews.com शनिबार, २० मंसिर २०७७   Saturday, 05 December, 2020
 

दशैंँभत्ता आश्रमलाई

  • रासस
    रासस
  • विहीबार, १३ कार्तिक २०७७
दशैंँभत्ता आश्रमलाई
LBEF
Nabil Bank

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका प्रमुख देवकुमार सुवेदीले दशैंँभत्ताका रुपमा आफूलाई प्राप्त रकम मानव सेवा आश्रमलाई दिएका छन् । नगर प्रमुख सुवेदीले भत्तावापत पाएका १५ हजार रुपैयाँ आश्रमलाई प्रदान गरेको हो  ।  

उनले पाँच हजार रुपैयाँ बराबरको खाद्य पदार्थ तथा १० हजार बराबरको फलफूल  हस्तान्तरण गर्दै  मानवतालाई जोगाउन र सहयोगापेक्षी मानवलाई सहयोग गर्न नगरपालिका प्रतिबद्ध रहेको बताए ।  ‘गत वर्ष हामीले आश्रमको भाडा तिरिदिएका थियौँ’, उनले भने, ‘यस वर्ष हामी गर्न सक्ने कामका लागि  प्रयास गर्छौं ।’

प्रतिक्रिया दिनुहोस