aarthiknews.com शनिबार, २० मंसिर २०७७   Saturday, 05 December, 2020
 

सुनको मूल्य घट्यो, चाँदीको मूल्य ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १३ कार्तिक २०७७
सुनको मूल्य घट्यो, चाँदीको मूल्य ?
LBEF
Nabil Bank

काठमाडौं । सुनको मूल्य घटेको छ । दशैभन्दा पहिला सुन तोलामा ९५ हजार सात सय रुपैयाँ थियो । तर, विहीबार सुन तोलामा एक हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलामा ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । यसअघि कात्तिक ६ गते सुन तोलामा ९५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै बिहीबार तेजावी सुन तोलामा ९४ हजार २०० रुपैयाँमा कारोबार भएको छ भने चाँदी तोलामा ११८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
त्यस्तै, चाँदीको मूल्य एक हजार एक सय ८० रुपैयाँ रहेको महासंघले जनाएको छ ।  कात्तिक ६ गते चाँदीको मूल्य प्रतितोला १२३० रहेको थियो ।     

प्रतिक्रिया दिनुहोस