aarthiknews.com शनिबार, २० मंसिर २०७७   Saturday, 05 December, 2020
 

यस्तो छ तीन दिनको मौसम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १३ कार्तिक २०७७
यस्तो छ तीन दिनको मौसम
LBEF
Nabil Bank

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले अहिले देशका पहाडी भू-भागमा आंशिक बदली रही बाकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली  नरहेको विभागले जनाएको छ । 

विभागका अनुसार विहीबार दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ भने राती देशभर मौसम सामान्यतया सफा रहनेछ ।

त्यस्तै, शुक्रबार दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ भने राती देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । 

त्यसैगरि, शनिबार दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली रहनेछ भने राती देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने पवभागले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस