aarthiknews.com शनिबार, २० मंसिर २०७७   Saturday, 05 December, 2020
 

नबिल बैंक एडीबीको ‘‘अग्रणी पार्टनर बैंक” अवार्डबाट सम्मानित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १२ कार्तिक २०७७
नबिल बैंक एडीबीको ‘‘अग्रणी पार्टनर बैंक” अवार्डबाट सम्मानित
LBEF
Nabil Bank

काठमाडौं । नबिल बैंक लिमिटेडलाई २०२० का लागि एसियाली विकास बैंक -ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्राम (टीएससीएफपी)  ले नेपालको अग्रणी पार्टनर बैंकको रूपमा मान्यता दिइएको छ ।

 एशियालि विकास बैंकको (टीएससीएफपी) द्वारा व्यापार वित्तको बजारलाई उत्थान गर्दै व्यापार बढावा दिने उदेश्यका साथ बैंकहरुलाई ग्यारेन्टी र ऋण प्रदान गर्ने गर्दछ । ट्रेड फाइनान्स प्रोग्रामले ग्यारेन्टी र ऋण मार्फत बजारमा रहेका कठिनाईहरु अन्त्य गरेर दिगो विकासका लक्ष्यहरू हासिल गर्न देशहरूलाई सशक्त बनाउने काम गर्दछ । 

एडीबी व्यापार वित्त कार्यक्रम घोषणा अनुसार नबिल बैंकले १ जुलाई २०१९ देखि ३० जून २०२० सम्म नेपालमा (टीएससीएफपी) संग सबैभन्दा बढी कारोबार रेकर्ड गरेको बैंकले जनाएको छ  । नबिल बैंकको ११९ शाखा, १८५ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु रहेको नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नविनतम् सेवाका साथमा बैंकिङ सेवा दिइरहेको बैंकले दावी गरेको  छ । 
 

प्रतिक्रिया दिनुहोस