aarthiknews.com विहीबार, १८ असार २०७७   Thursday, 02 July, 2020
 
Citizen life

‘लोकसेवा विज्ञापन’ रोक्ने निर्देशनविरुद्ध प्रदर्शन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ जेठ २०७६
Sunrise
HIb
‘लोकसेवा विज्ञापन’ रोक्ने निर्देशनविरुद्ध प्रदर्शन
LBEF

काठमाडौं । लोकसेवा आयोगको विज्ञापन रद्द गर्न संसदको राज्य व्यवस्था तथा सुशासन समितिले दिएको निर्दशनविरुद्ध युवाहरु प्रदर्शनमा उत्रिएका छन् । प्रदर्शनका क्रममा मंगलबार बिहान काठमाडौंको माइतीघरमा जम्मा भएका युवाहरुको एक समूहले लोकसेवाको विज्ञापन रोक्ने निर्देशनको विरोध गरेका हुन् । आन्दोलनकारी विधार्थीहरुले लोकसेवा आयोगको विज्ञापन खारेज गरी सरकारले नियतवश आफ्ना मान्छेलाई करारमा भर्ना गरी जागिर खुवाउने प्रपञ्च रचेको आरोप लगाएका छन् ।

प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले ‘करार भर्ना बन्द गर ।’ ‘राज्य व्यवस्था समिति मुर्दावाद’जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए । प्रदर्शनमा लोक सेवा परीक्षा दिनका लागि आवेदन दिएका विद्यार्थीलगायत अन्य विद्यार्थीहरु सहभागिता छ ।सोमवारसम्म देशभरीबाट करिब ८० हजार जनाले अनलाइन माध्यमबाट फारम भरिसकेको लोकसेवा स्रोतले जनाएको छ ।

लोकसेवा आयोगले स्थानीय तहमा कर्मचारी भर्नाका लागि यही जेठ १५ गते विभिन्न पदमा करिब नौ हजार कर्मचारीका लागि विज्ञापन निकालेको थियो ।विज्ञापन समावेशी नभएको भन्दै आवाज उठिरहँदा सोमबार बिहान बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले कर्मचारी भर्ना प्रक्रिया रोक्न निर्देशन दिएको थियो ।

यसैबीच कर्मचारी मागको विज्ञापन समावेशी समानुपातिक सिद्धान्त र संघीयताको मर्मविपरित भएको भन्दै सामान्य प्रशासन मन्त्रालय र लोकसेवा आयोगलाई प्रक्रिया रोक्न सर्वोच्चमा रिट परेको छ।

अधिवक्ता विकासकुमार ठाकुरले लोकसेवा आयोग केन्द्रीय कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लगायतलाई विपक्षी बनाई हिजो दायर गरेको रिट निवेदनमा स्थानीय तहका विभिन्न सेवा समूहका अप्राविधिक, प्राविधिकतर्फ पदको खुला तथा समावेशी विज्ञापन संविधानको भावनाविपरीत भएको उल्लेख गरी रद्द गर्न र समावेशी बनाउन माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस