aarthiknews.com शनिबार, २० मंसिर २०७७   Saturday, 05 December, 2020
 

दुई वटा बैंकिङ कसूर मुद्दाका फरार प्रसाई पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १२ कार्तिक २०७७
दुई वटा बैंकिङ कसूर मुद्दाका फरार प्रसाई पक्राउ
LBEF
Nabil Bank

झापा । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी झापा कन्काई नगरपालिका–३ बस्ने ५५ वर्षीय राजेन्द्र प्रसाद प्रसाईलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । फरक फरक व्यक्तिको जाहेरीले दर्ता भएका २ वटा बैंकिङ कसूर मुद्दामध्ये पहिलोमा उच्च अदालत बिराटनगरको २०७६ पुस १४ गतेको फैसल्लाले १ महिना कैद र २५ लाख रुपैयाँ तथा दोस्रो मुद्दामा सोही अदालतको २०७६ पुस २१ गतेको फैसलाले १ महिना कैद र ९० लाख रुपैयाँ जरिवाना ठहर भई निज फरार रहेका थिए । 

फरार रहेका राजेन्द्रलाई विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा घर ठेगानामा फेला पारी पक्राउ गरेको हो । 
उनलाई जिल्ला अदालत झापामा उपस्थित गराईने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।  
 

प्रतिक्रिया दिनुहोस