aarthiknews.com शनिबार, २० असार २०७७   Saturday, 04 July, 2020
 
Citizen life

ड्राइभिङ गर्दै हुनुहुन्छ, होस् गर्नुहोस् हर्न बजाए कारबाहीमा परिएला

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ जेठ २०७६
Sunrise
HIb
ड्राइभिङ गर्दै हुनुहुन्छ, होस् गर्नुहोस् हर्न बजाए कारबाहीमा परिएला
LBEF

 काठमाडोैं । ट्राफिक प्रहरीले उपत्यकामा हर्न कारबाहीलाई कडाइ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाभित्र ध्वनि प्रदूषणको समस्या गम्भीररूपले बढेपछि जथाभावी हर्न बजाएर गुड्ने सवारी साधनमाथि सोमबारदेखि हर्नमा कडाइ गरेको हो । 
महाशाखाले सोमबार मात्र ४१३ सवारीसाधनलाई कारवाही गरेको छ  । ध्वनी प्रदूषणले श्रवणशक्तिमा ह्रास हुने, रक्तचाप बढ्दै जाने, हृदयाघात हुने, पक्षघात हुने, श्वासप्रश्वास प्रणालीमा असर हुने, स्मरण शक्तिमा कमी आउने, अशक्त, बालबालिका, ज्येष्ठ नागरिक र गर्भवती महिलालाई बढी असर हुने भएकाले कारवाहीलाई तीव्रता दिइएको हो ।
 
“ध्वनिको गुणस्तरसम्बन्धी राष्ट्रिय मापदण्ड, २०६९ विपरीत ध्वनि प्रदूषण गर्ने सवारीसाधनलाई आयातमा नै रोक लगाउन अनुरोधसमेत गरेका छौँ”, उहाँले भन्नुभयो । यसअघि उपत्यकामा विसं २०७४ वैशाख १ देखि उपत्यकालाई पूर्ण हर्न निषेध क्षेत्र घोषणा गरिएको थियो । महाशाखाले ध्वनि प्रदूषण गरेवापत एउटा सवारी साधनबाट ५०० कारवाहीस्वरुप लिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस