शिवम् सिमेन्टको शेयर मूल्य दुई महिनामै दोब्बर, जोखिम मोलेर चलखेल - Aarthiknews
aarthiknews.com शुक्रबार, ०३ असोज २०७६   Friday, 20 September, 2019
 
शेयर उठाएर ऋणका लागि कनर्रिङ गर्ने दाउ

शिवम् सिमेन्टको शेयर मूल्य दुई महिनामै दोब्बर, जोखिम मोलेर चलखेल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ जेठ २०७६
Sunrise bank
शिवम् सिमेन्टको शेयर मूल्य दुई महिनामै दोब्बर,  जोखिम मोलेर चलखेल
LBEF
NCH-IPS

काठमाडौ । नेप्से परिसूचक सोमबार पनि करिब ९ अंकले घट्न पुग्यो । गत साता पनि नेप्से निरन्तर ओरालो लाग्न पुगेको थियो । १३ सय अंकमाथि पुगेको नेप्से अहिले १२७५.८१ अंकमा आइपुगेको छ  । तर, घट्दो बजारमा पनि शिवम् सिमेन्टको मूल्य भने दुई महिनामै आकासिएको छ । 

जान्नेलाई श्रीखन्ड नजान्नेलाई खुर्पाको बिँड भन्ने उखान गाउँघरतिर बढी प्रचलनमा छ । शेयर बजारमा पनि त्यो  उखान काम लाग्ने गर्छ । घट्दो शेयर बजारमा पनि शिवम् सिमन्टको शेयर खरिद गरेकाहरु अहिले मालामाल भएका छन् ।

गत चैत २६ गते कम्पनीको प्रतिकित्ता शेयरमूल्य ३१० रुपैयाँ थियो । दुई महिनापछि जेठ २७ गते प्रतिकित्ता शेयरमूल्य ६८४ रुपैयाँसम्म पुगेको छ । दुई महिनाको बीचमै उक्त कम्पनीको शेयर खरिद गर्नेले दोब्बरभन्दा बढी कमाएका छन् ।

शिवम् सिमेन्ट शेयरबाट छोटो समयमा कमाइ गर्न सकिन्छ भन्ने गतिलो उदाहरण बनेको छ । शेयर कारोबार गर्न जान्दा मालामाल र नजान्दा टाट पल्टने स्थिति आउन सक्छ । त्यसैले त बुढापाकाले जान्नेलाई श्रीखन्ड नजान्नेलाई खुप्राको बिँड भन्ने गरेका हुन् ।

जान्ने हो भने छोटो समयमै धेरै कमाउन सकिन्छ । शेयर कारोबारबाटै संसारमा धेरै मान्छेहरु अर्बपति बनेका छन् । तर, उपयुक्त कम्पनी हेरेर, उपयुक्त समयमा उचित निर्णय गर्नसक्ने क्षमता छ भने मात्रै शेयर बजारबाट पैसा कमाउन सकिन्छ । नत्र गरेको लगानी पनि घट्ने सम्भावना हुन्छ ।

शिवम् सिमेन्टको शेयरमा लगानी गर्ने शेयरधनीले कहिल्यै पनि घाटा खानु परेको छैन । दुई  महिनामा दोब्बरभन्दा बढी कमाइ कहाँ पाइन्छ र ? तर, यो दुई महिनामा शिवम् सिमेन्टका लगानीकर्ताहरुको आम्दानी कल्पना पनि गर्न नसक्ने गरी बढेको छ ।

कम्पनीको शेयरमूल्य लगातार बढेपछि लगानीकर्ताको कमाई बढेको हो । नेपाल स्टक एक्सचेन्चमा सूचीकृत भएको एकमात्र सिमेन्ट उद्योग शिवम् सिमेन्टको शेयरमा लगानी गर्ने लगानीकर्ताहरुले दुई महिनामा उच्च नाफा कमाएका छन् ।

उक्त कम्पनीको आईपीओ किन्नेहरुले दुई महिनामै करिब ३८० रुपैयाँ कमाएका छन् । लगानीकर्ताले उक्त कम्पनीको आईपीओ ३०० रुपैयाँमा किनेका थिए । १०० रुपैयाँ अंकित मूल्यमा २०० रुपैयाँ प्रिमियम जोडेर लगानीकर्ताले ३०० रुपैयाँमा शेयर किनेका थिए ।

शुरुमा शेयर किनेर बीचमै बेचेर भाग्नेहरुले केही कमाए  । तर, उनीहरु यो उच्च कमाइको भागिदार हुन पाएनन् । कतिपय लगानीकर्ताले बढेको मूल्यमा किनेर घटेको मूल्यमा बेचेका पनि छन् । उनीहरुले त घाटा खानु पर्याे । तर, जसले होल्ड गर्न सके उनीहरुको आम्दानी भने ह्वात्तै बढेको छ ।

गत फागुन ७ गतेमात्रै शिवमको शेयर दोस्रो बजारमा बिक्री खुल्ला भएको थियो । चैत ७ गते १६१ रुपैयाँदेखि ४८४ रुपैयाँसम्ममा पहिलो कारोबारका लागि खुल्ला गरिएको थियो ।

 कारोबार भएका् दिनदेखि कम्पनीको शेयरमूल्य ३०० रुपैयाँभन्दा तल झरेको छैन । गत वैशाख ९ गते कम्पनीको शेयरमूल्य घटेर ३०५ रुपैयाँमा झरेको थियो । त्यसयता भने मूल्य लगातार बढिरहेको छ । हिजो शिवम् सिमेन्टको प्रतिकित्ता न्यूनतम कारोबार मूल्य ६६९ रुपैयाँमा भएको छ ।

कम्पनीको शेयरमा खरिद चाप उच्च छ । त्यसैले आगामी दिनमा पनि मूल्य बढ्न सक्ने अनुमान गरिएको छ । बेच्नेभन्दा किन्नेको चाप बढी भएकाले शेयरको मूल्य बढ्न सक्ने अनुमान गरिएको छ । केहीले शिवम् सिमेन्टको शेयर अस्वभाविक बढ्नुलाई चलखेल भएको पनि भन्दै आएका छन् । 

शिवम् सिमेन्ट शेयर मूल्य लगातार बढेपछि अरु सिमेन्ट उद्योगहरुलाई पनि सर्वसाधारण शेयर जारी गर्न प्रोत्साहन मिलेको छ । केही सिमेन्ट उद्योगले आईपीओ निष्काशनको प्रक्रिया पनि अघि बढाइसकेका छन् । सरकारले एक अर्बभन्दा बढी चुक्ता पुँजी हुने उत्पादनमूलक कम्पनीको शेयर सर्वसाधारणमा जारी गर्ने निर्णय गरिसकेको छ ।

 शेयर बजारका जानकारहरुका अनुसार शिवम् सिमेन्टको शेयरमा मारवाडी समूदायका केहि ब्रोकरहरुबाट धमाधम शेयर उठाएर रहेका छन् । ती लगानीकर्ताले भने–‘यी मारवाडी समूदायका ब्रोकरबाट शेयर उठाएर ऋणका लागि कनर्रिङ गर्न खोजका हुन  । तर,  सम्भाव छैन । किनकी शिवम्को शेयर युनिलिभर र बोटर्लस नेपालको जस्तो होइन ४४ लाख कित्ता बजारमा भएको शेयरलाई कनर्रिङ गराउन खोज्नु ठूलो जाखिम लिनु हो । ’उनले भने । 

प्रतिक्रिया दिनुहोस