aarthiknews.com विहीबार, ११ मंसिर २०७७   Thursday, 26 November, 2020
 
BOK

यसरी गर्नुहोस् दशैँमा पर्फेक्ट मेकअप

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०८ कार्तिक २०७७
यसरी गर्नुहोस् दशैँमा पर्फेक्ट मेकअप
LBEF
Nabil Bank

हरेक युवतीको राम्रो देखिएर हिँड्ने इच्छा हुन्छ । सुन्दर देखिन कमसेकम धेरथोर मेकअप त गर्नैपर्छ । मेकअपले त्यस बेला मात्र सौन्दर्यमा निखार ल्याउँछ, जब त्यसको सहि विधी थाहा हुन्छ । आफू सुहाउँदो हरेक प्रोडक्टमा ध्यान दिनु जरुरी हुन्छ । मेकअप प्रोडक्ट पनि उच्चकोटीको हुनुपर्छ । अनुहारमा आफ्नो अमेरअनुसार न्याचुरल लुक्स कायम गर्न सक्नुपर्छ । आफ्नो सुन्दरतामा निखार ल्याउन घरमै कसरी पर्फेक्ट मेकअप गर्ने भनेर जान्न जरुरी छ । हरेक समयमा सुन्दर देखिनका लागि हामीले यहाँ मेकअप टिप्स दिएका छौँ । 

१) मेकअप गर्नुअघि अनुहारलाई मनतातो पानीले धुनुपर्छ, त्यसपछि आयल फ्री मोश्चराइजरले मसाज गरेर मेकअप सुरु गर्नुपर्छ ।

२) मेकअप गर्नुअघि आफ्नो स्किनमा ५-१० मिनेटसम्म बरफले रगड्नुपर्छ, त्यसपछि गरेको मेकअप लामो समय टिक्छ ।

३) लिपिस्टकको लागि लिप ब्रसको प्रयोग गरौ, यसले लिपस्टिक पुरै ओंठमा समान रुपले अप्लाई हुन्छ र लामो समय टिक्छ ।

४) यदि आइब्रोको रौंमा थोरै साइनिङ ल्याउन चाहनुहुन्छ भने आइब्रोमा थोरै क्रिम लगाउनुहोस् ।

५) यदि आँखाको तल डार्क सर्कल छ भने लाइट शेडको फाउन्डेशन क्रिम लगाउनुहोस् ।

६) यदि ओंठ एकसमान छैन, एउटा पातलो र अर्को मोटो छ भने पातलो ओंठलाई मोटो लुक दिनुपर्छ । यसका लागि पातलो ओंठलाई नेचुरल लिपलाइनरले थोरै माथि आउटलाइन गरेर मोटो ओंठसँग सन्तुलन मिलाउनुपर्छ ।

७) अनुहार अनुरुप लिलाइन सानो छ भने लिपलाइन थोरै बाहिर आउटलाइन गर्ने ।

८) ठूलो नाख छ भने नाकको तल वा टिपमा डार्क ब्राउन शेडले कन्टोरिंग गर्नुपर्छ ।

९) नाकलाई चौडा लुक दिनका लागि चौडा हाइलाइट तल सेन्टरसम्म लगाउने वा ब्लेन्ड गर्ने । यदि नाखलाई पातलो लुक दिने हो भने त्यसको विपरित गर्ने ।

१०) लिपस्टिक लगाउनुअघि तल्लो ओंठमा फाउन्डेशन वा न्यूड ग्लास लगाउने, यसले ओंठ सुन्दर देखिन्छ ।

११) ओंठको आकार ठूलो देखाउनका लागि ब्राइट कलरको लिपस्टिक लगाउने, त्यसलाई सानो देखाउनका लागि डार्क कलरको लिपस्टिक लगाउने ।

१२) आँखा वा ओंठमध्ये एकलाई हाइलाइट गर्ने । यदि आइ मेकअप हेभी गर्दै हुनुहुन्छ भने ओंठलाई न्यूड लुक दिने । केवल लिप ग्लास लगाउनुहोस् ।

१३) सुन्दर ग्लो चाहनुहुन्छ भने आफ्नो मोश्चराइजरमा लिक्विड हाइलाइटर वा थोरै गोल्ड शिमर मिलाएर लगाउने ।

१४) यदि आँखाका सानो छ भने त्यसको माथिल्लो लिडमा आइलाइनर वा आइ पेन्सिलले आँखाको बाहिरी कर्नरसम्म लगाउने ।

१५) मेकअप गर्नुअघि छालालाई मोश्चराइजर र ओंठमा लिप बामले कन्डिसन गर्ने ।

प्रतिक्रिया दिनुहोस