aarthiknews.com विहीबार, ११ मंसिर २०७७   Thursday, 26 November, 2020
 
BOK

यसकारण चाडपर्वका बेला महिलालाई कामको बोझ धेरै हुन्छ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०८ कार्तिक २०७७
यसकारण चाडपर्वका बेला महिलालाई कामको बोझ धेरै हुन्छ
LBEF
Nabil Bank

चाडपर्वका बेला रमाइलो गर्न कसलाई मन लाग्दैन र ? तर, नयाँ लुगा लगाएर, मीठामीठा खानेकुरा खाँदै आफन्तजनसँग भेटघाट गर्दै गर्दा यी सबै कुराको चाँजोपाँजो मिलाउन कत्तिको गाह्रो हुन्छ भन्नेबारे तपाईँले ध्यान दिने गर्नुभएको छ ?

पूजाका लागि सामग्री मिलाउनेदेखि रमाइलो गर्ने मेसो मिलाइदिने जिम्मेवारी प्रायः घरपरिवारमा महिला कै काँधमा पर्ने गर्छ । सोहीकारण अघिपछिको कामबाहेक आउने थप जिम्मेवारीले चाडपर्व मनाउने फुर्सद नै नपाउने गरेको उनीहरूले गुनासो गर्ने गरेका छन् ।

अझ कामकाजी महिलाको हकमा त चाडपर्वका समयमा बोझ थपिने गरेको छ । परिवारका अन्य सदस्यबाट सहयोगको उपेक्षा उनीहरूले राखेका हुन्छन्, तर सामाजिक बनोटका कारण खुलेर भन्न नसकेका मात्र हुन् ।

पारिवारिक बनोट, सामाजिक संरचना, सांस्कृतिक र धार्मिक पक्ष, श्रीमान श्रीमतीको सम्बन्ध र बालबच्चा हेर्ने विषयमा हाम्रो जुन परम्परागत सोच छ, त्यसले गर्दा चाडपर्वका बेला विवाहित महिलाको जिम्मेवारी ह्वातै बढ्ने गरेको छ । 

अचेल महिलाले घर भित्र गर्ने तर नदेखिने कामकाबारेमा केही महिला बोल्न थालेका छन् । तर, हाम्रो जस्तो पितृसत्तात्मक समाजमा धेरै जसो महिलाहरू जति नै काम थपिए पनि त्यो उनीहरूको मात्र जिम्मेवारी हो भन्ने सोचेर चुपचाप काम गरिरहन्छन् ।

दशैँको टीकाको दिन नजिकिँदै जाँदा घर सफा गर्ने, घरभित्र पूजा गर्नेदेखि टीका लगाउन आउने आफन्तजनका लागि पहिले नै केही परिकार तयार पार्ने काम प्रायः महिलाहरूकै काँधमा पर्ने गर्छ ।

यसरी अघिपछि भन्दा चाडपर्व र अन्य चाडभन्दा लामो समयसम्म मनाइने दशैँका बेला धेरै कामको बोझ र निभाउनुपर्ने जिम्मेवारीका कारण महिलाहरूमा नकारात्मक असर पनि परेको देखिएको केही विज्ञहरू बताउँछन् । चाडपर्वका समयमा जति काम गरेपनि सकिँदैन । त्यसैले सबै कसरी गर्ने होला र अरूले भन्दा राम्रो कसरी गर्ने भन्ने कुराले धेरै महिलाहरूमा तनाव बढ्ने गरेको छ । 

दशैँमा परिवारका सदस्यहरूबीच जमघट हुने गर्दछ । अघिपछि जस्तै गुजारा चलाए पनि वर्ष दिनको अवसरमा आफन्तसँग मिलेर गच्छे अनुसारको सक्दो मीठोमसिनो खाने चलन रहेको छ ।

यस्ता जमघट रमाइलो गर्ने र आ—आफ्ना चलन अनुसारका खानेकुरा तयार पार्ने जिम्मेवारी अधिकाशं घरमा महिलाहरूकै हुने गरेको छ । अघिपछि भन्दा दशैँका बेला धेरै बिदा पाउने भए पनि त्यो पर्याप्त नभएको महसुस गरेको कतिपय कामकाजी महिलाहरू बताउँछन् । आफन्त र छरछिमेककीसँग मिलेर काम गर्दा पनि धेरै यस्तो समयमा धेरै सहजहुने गर्छ । 

चाडपर्वलाई सबैका लागि उत्तिकै उल्लासमय बनाउन घरका सदस्यको भूमिका निकै धेरै रहने महिलाअधिकारकर्मीहरू बताउँछन् । तर, सबैले काम धेरै भयो भनेर गुनासो गर्ने वा मद्दत माग्न नसक्ने भएकाले घरका ठूलाबाडाले नै परिवारको सदस्यको रुचिअनुसार कामको उचित बाँडफाँट गर्नुपर्ने सुझाव उनीहरूले दिएका छन्।
 

प्रतिक्रिया दिनुहोस