aarthiknews.com सोमबार, १५ मंसिर २०७७   Monday, 30 November, 2020
 
BOK

सामाजिक सुरक्षा भत्ता लिएर वडाध्यक्ष घरघरमा

  • रासस
    रासस
  • शुक्रबार, ०७ कार्तिक २०७७
सामाजिक सुरक्षा भत्ता लिएर वडाध्यक्ष घरघरमा
LBEF
Nabil Bank

झापा । दशैंका बेला सामाजिक सुरक्षा भत्ता लिएर मेचीनगर नगरपालिका–६ का वडाध्यक्षसहितको टोली घरघरमै आएपछि वडावासी खुशी भएका छन् ।
दशैंको मुखमाा सामाजिक सुरक्षा भत्ता नपाएपछि अधिकांश एकल महिला र वृद्धवृद्धा चिन्तित बनिरहेको अवस्थामा वडाध्यक्ष ललित तामाङ भत्ता लिएर घरमै आएपछि नागरिक खुशी भएका हुन् । 

भत्ता वितरण गर्दा भीडभाडका कारण कोभिड –१९ को संक्रमणको जोखिम उच्च हुने देखाउँदै बैंकले सामाजिक सुरक्षा भत्ता वापतको रकम बाँढ्न नमानेपछि ७३८ जनालाई घरघरमै सेवा दिइएको हो । 

“अधिकांश हुने खाने भन्दा हुँदा खाने बढी छन्”, वडाध्यक्ष तामाङले उनले भने, “कोभिड –१९ को सङ्क्रमण हुने डरले घरबाट बाहिर जान सक्ने अवस्था छैन । आम्दानीको स्रोत नभएका लागि भत्ता नै दशैं खर्च हुने ठानेर घरघर पु¥याएर हौं ।”

मेचीनगरमा रहेका नेपाल बैंकका दुई शाखामध्ये धुलाबारी शाखाका चार  कर्मचारी कोभिड १९ का सङ्क्रमणपछि सात दिनअघि बन्द गरिएको छ । 
अध्यक्ष तामाङले एकल महिला १७७, ज्येष्ठ एकल महिला १३४, ज्येष्ठ नागरिक ३८६ ज्येष्ठ दलित १२ जना, दलित बालबालिका ३ जना क र ख वर्गका अपाङ १३÷ १३ जनालाई चार महिना वापतको रु। ७३ लाख ६४ हजार ७५५ सामाजिक सुरक्षा भत्ता वितरण गरिएको बताए । 

प्रतिक्रिया दिनुहोस