aarthiknews.com सोमबार, ०६ बैशाख २०७८   Monday, 19 April, 2021
 
Esewa_Remit
Bajaj_Bike

एक्साइड ब्याट्री नेपालमा रिटेलरहरुको पहिलो रोजाई

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०६ कार्तिक २०७७
Reliance life insurance
एक्साइड ब्याट्री नेपालमा रिटेलरहरुको पहिलो रोजाई
Jagadamba
LBEF

काठमाडौं । नेपालस्थित एक्साइड इन्डस्ट्रिजको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङ्ग विजया दशमी २०७७ को अवसरमा आफ्ना च्यानल पार्टनरहरुलाई सिक्का एप मार्फत जम्मा भएको प्वाईन्ट बराबरको विभिन्न उपहारहरु वितरण गरेको छ । उपहारहरु वितरण कार्यक्रम अन्तर्गत नेपालभरीका च्यानल पार्टनरहरुको रोजाइ अनुसार नगद, स्मार्टफोन र होम एप्लाइन्सेस लगाएतका सामानहरु वितरण गरिएको हो । 

उक्त कार्यक्रममा एक्साइड ब्याट्री«ज् नेपालका जनरल म्यानेजर सुरेश कुमार तिवारीले भने “ एक्साइड ब्याट्री च्यानल पार्टनरहरु माझ सधै एक नम्बरमा रहन सफल भएको छ । यस संगै सिप्रदी ट्रेडिङ्ग प्रा. लि. को पहलकदमीमा सिक्का एप लन्च गर्न पाउदा च्यानल पार्टनरहरु अत्यन्तै खुसी हुनुभएको छ । सिक्का एपको बिशेषता भनेको च्यानल पार्टनरहरुले प्वाईन्टहरु जम्मा गर्न सक्नुहुनेछ वा आफ्नो रोजाइमा प्वाईन्ट अनुसार प्राप्त हुने नगद वा अन्य उपहारहरु प्राप्त गर्न सक्नुहुनेछ ।”  

एक्साइड ब्याट्री नेपाली बजारमा एकदमै बिश्वसनिय र नम्बर एक ब्याट्रि हो । एक्साइड ब्याट्रि अटोमोटिभ, सोलार, घरायसी प्रयोग तथा व्यवसायिक प्रयोजनका लागि प्रयोग गर्न सकिन्छ ।  एक्साइड ब्याट्रीयसको गुणस्तर, प्रोडक्ट पोर्टफोलियोका सहज उपलब्धताका कारण नेपाली बजारमा निरन्तर एक नम्बरमा रहन सफल भएको छ । सिप्रदी विगत लामो समयदेखि ग्राहकको विश्वास र बृहत व्यवसायिक नेटवर्कका कारण याहाँसम्म पुग्न सफल भएको कम्पनीको भनाइ रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस