पाँच प्रतिशतभन्दा कम मात्र मूल्यवृद्धि हुने - Aarthiknews
aarthiknews.com शुक्रबार, ०३ असोज २०७६   Friday, 20 September, 2019
 

पाँच प्रतिशतभन्दा कम मात्र मूल्यवृद्धि हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ जेठ २०७६
Sunrise bank
पाँच प्रतिशतभन्दा कम मात्र मूल्यवृद्धि हुने
LBEF
NCH-IPS

 काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्षमा पाँच प्रतिशतभन्दा कम मूल्यवृद्धि हुने बताएका छन । आर्थिक वर्ष २०७६/७७ को राजश्व र व्ययको आर्थिक अनुमान (बजेट) माथिको सामान्य छलफलका क्रममा राष्ट्रियसभाका सांसदहरुले उठाएकाको विषयको जवाफ दिदै उनले नेपाल जस्तो मुलुकमा पाँच प्रतिशतभन्दा तलको मूल्यवृद्धि सामान्य नै हुने बताए ।

चालू आवको आर्थिक वृद्धिदर सात प्रतिशतभन्दा माथि हुने अनुमान गरिएको मन्त्री खतिवडाले बताए । सबै प्रदेशमा छ प्रतिशतभन्दा बढी वृद्धिको अनुमान गरिएको उनले बताए । सातै प्रदेशको आर्थिक वृद्धिदर बढी नै भइरहेको मन्त्री खतिवडाले बताए । “समानीकरण अनुदान बढी पाउने कर्णाली प्रदेश, प्राकृतिक स्रोत बाँडफाँटको विषय हामीले टुङ्ग्याइसकेका छैनौँ”, उनले भने ।

 कृषिमा एकीकृतरुपमा धेरै कार्यक्रम आएको, रासायनिक मल कारखाना प्राकृतिक ग्यासबाट चलाउन विदेशबाट पाइपलाइन ल्याउनुपर्ने भएकाले तत्काल सम्भव नभएको उहाँले बताउनुभयो । प्राविधिक कारणले पनि यसमा अघि बढ्न नसकिने मन्त्री खतिवडाको भनाइ थियो ।  
 
चालू खर्चमा विकास कार्यक्रम पनि हुने सङ्घले प्रदेश र स्थानीय तहमा चालू खर्च भनेर दिए पनि विकास खर्च नै हुने मन्त्री खतिवडाको भनाइ थियो । चालू खर्चभित्र मानवीय पूँजी विकासका तालीमलगायत हुने उनको भनाइ थियो । सहुलियतपूर्ण वैदेशिक सहायता लिने गरिएकाले सही उपयोग एवम खर्च गरी निर्भरता घटाउँदै लैजानुपर्ने र राजश्व बढाउँदै जानुपर्ने मन्त्री खतिवडाको भनाइ छ ।

 दायित्व बढी भएका स्थानमा बजेट पनि त्यही अनुपातमा हुने भएकाले तल बजेट बढाउन दायित्वसमेत वृद्धि गर्नुपर्ने उनले बताए । सहुलियतपूर्ण ऋणलगायत आयोजना उद्देश्य पूरा नभएसम्म चलिरहन्छ । राष्ट्रियसभाको अर्को बैठक आगामी असार २ गते दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । 

प्रतिक्रिया दिनुहोस